
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका–३ छड्की टोलमा एक परिवारमाथि सामूहिक आक्रमण भएको घटनामा संलग्न व्यक्तिलाई उम्काएको र जाहेरी दर्ता नगरेको भन्दै पीडितले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् । कात्तिक २ गते बेलुका घरमै प्रवेश गरी आक्रमण हुँदा एकै परिवारका चार जना घाइते भएका हुन् । घाइतेहरूमा ६० वर्षीय शिवनन्दन यादव, उनकी पत्नी दुर्गी देवी यादव (५७), छोरा जमाहिर यादव (४२) र बुहारी रिता यादव (३७) रहेका छन् । स्थानीयवासीका अनुसार १५–२० जनाको समूह घरभित्र पसेर खुकुरी, रड, भाटालगायतका हतियार प्रहार गरेको थियो । घाइतेमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले घटना केही दिनअघि आयोजित जीतवाहन मेलामा दुई किशोरबीचको विवादबाट सुरु भएको बताए । मेलाको झडपपछि दुबैतर्फबाट वादविवाद बढ्दै गएर कुटपिटसमेत भएको र त्यसपछि अर्को पक्षले घरमै पुगेर हमला गरेको उनको भनाइ छ । प्रहरीले घटनामा संलग्नता आरोपमा मिर्चैया–३ का पूर्व–वडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादव सहित पाँचजनालाई नियन्त्रणमा लिएको थियो । तर, अनुसन्धानपछि किशोर, पूर्व–वडाध्यक्ष हरिकुशियैत र जगदीशलाई छाडिएको छ । डिएसपी पुरीका अनुसार उनीहरू घटनामा प्रत्यक्ष संलग्न नदेखिएकाले तारेखमा छोडिएको हो । अन्य अशोक यादवसहित दुईजना प्रहरी नियन्त्रणमा रहेका छन् ।
पीडित शिवनन्दन यादवले प्रहरीमाथि राजनीतिक दबाबमा अभियुक्तलाई छाडिएको र जाहेरीसमेत दर्ता नगरिएको आरोप लगाए । उनले भने— “घटनामा संलग्न दोषीलाई प्रहरीले छाडेको छ । जाहेरीमा उनीहरूको नाम हटाएर ल्याए मात्र दर्ता हुन्छ भनेर भनिरहेका छन्। नाम हटाएपछि हामी कसरी न्याय पाउँछौँ ?” यो बारेमा डिएसपी पुरीले भने “पक्राउ परेकामध्ये अन्य दुईजनाको बयान र अनुसन्धानबाट छाडिएका व्यक्ति घटनामा प्रत्यक्ष संलग्न नदेखिएका छन् । संलग्न नभएका व्यक्तिको नाम जाहेरीमा राखेपछि दर्ता गर्न मिल्दैन ।” उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया