
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
लहान । छठ नजिकिँदै गर्दा देशभरका स्थानीय हाटबजारहरूमा सामग्री किनमेल गर्नेहरुको भीड बढ्न थालेको छ । लहान नगरपालिका–५ स्थित नयाँ बजारको साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै छठ पूजाका लागि आवश्यक सामग्री किन्नेहरूको उल्लेख्य चहलपहल देखिएको हो । पूजाका लागि प्रयोग हुने बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियो लगायतका धार्मिक सामग्रीसहित केरा, नरिवल, भोगटे, उखु, हरियो बोडी, मुला, अदुवा बोट आदि किन्नेहरूको भिड लागेको स्थानीय व्यापारीहरूले बताएका छन् । छठ पर्वको तयारीका क्रममा भक्तजनहरू बिहानदेखि नै बजारमा आवश्यक सामग्री किन्न जुटेका थिए। बजारमा बाँस र माटाका सामग्री बेच्ने व्यापारीहरूलाई समेत भीड संभाल्न मुस्किल परेको देखिन्थ्यो । कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठ पूजा सम्पन्न गरिन्छ । बाँसबाट बनेका ढाकी, नाङ्लो, कोनियामा राखिएका ठकुवा, भुसुवा, केरा, नरिवल लगायतका सामग्रीसहित ब्रतालुहरूले सूर्यदेवलाई अर्घ्य दिने परम्परा रहँदै आएको छ । भक्तजनहरूले पोखरी, तलाउ र नदीकिनारमा पूजाका लागि घाट निर्माण गरी सजावट गर्ने काम पनि सुरु गरेका छन् । छठ पर्व नेपाली समाजमा विशेष गरी मधेसका जिल्लाहरूमा व्यापक रूपमा मनाइने धार्मिक र सांस्कृतिक पर्व हो ।
प्रतिक्रिया