News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना नयाँ मन्त्रीमा सिफारिस

काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मौजुदा मन्त्रीहरूको संख्यामा चार जना नयाँ मन्त्री थपिने भएका हुन् । प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री, खगेन्द्र सुनुवारलाई श्रम तथा रोजगार मन्त्री, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीका रूपमा सिफारिस गरिएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार, यी सबै मन्त्रीहरूले आजै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ । यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अब पूर्णतातिर गएको छ ॥ स्रोतहरूका अनुसार, मन्त्री छनोटमा अनुभव, क्षेत्रगत सन्तुलन र महिलाको प्रतिनिधित्वलाई पनि प्राथमिकता दिइएको बताइएको छ ।

प्रतिक्रिया