
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपालले आयोजक भारतलाई घरेलु मैदानमै पराजित गरेको छ । भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा मंगलबार भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको हो । नेपालको जितमा कप्तान साबित्रा भण्डारीले दुबै गोल गर्दै निर्णायक भूमिका खेलेकी थिइन् । खेलको सुरुवाती मिनेटमै नेपालले अग्रता लिएको थियो। दोस्रो मिनेटमा साबित्राले दुईजना भारतीय डिफेन्डर र गोलकिपरलाई बिट गर्दै पहिलो गोल गरिन् । खेलको बाइसौँ मिनेटमा प्रीति राईले राम्रो मौका पाए पनि गोल गर्न सकिनन् । ३२औँ मिनेटमा भारतकी दाङमेइ ग्रेसले बराबरीको अवसर गुमाइन् भने ४३ औँ मिनेटमा नेपालकी दिपा शाहीको पासमा साबित्रा भण्डारीको प्रहारलाई भारतीय गोलकिपरले रोक्दै उत्कृष्ट बचाउ गरिन् ।

पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गर्यो । खेलको ६३ औँ मिनेटमा फ्री किकमार्फत साबित्राले दोस्रो गोल गरिन् । त्यसअघि ६२ औँ मिनेटमा प्रीति राईमाथि भारतीय खेलाडीले गरेको फाउलपछि नेपालले डिबक्स अगाडि फ्री किक पाएको थियो, जसलाई साबित्राले उत्कृष्ट फिनिसिङ गर्दै गोलमा परिणत गरिन् । भारतले ८१ औँ मिनेटमा करिश्मा पुरुषोत्तमको गोलबाट एक गोल फर्काए पनि त्यसपछि बराबरी गर्न सकेन । ८३ औँ मिनेटमा साबित्राको पासमा प्रीति राईले हानेको बल बार माथिबाट बाहिरिएको थियो । नेपालका लागि अर्को सुखद पक्ष भनेको युवा फरवार्ड मीना देउवाको राष्ट्रिय टिममा डेब्यु हो । ७८ औँ मिनेटमा रेखा पौडेललाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेकी मीनाले जर्सी नम्बर १५ लगाएकी थिइन् । उनले यु–२० टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक सिनियर टिममा स्थान बनाएकी हुन् । यसअघि नेपालले भारतसँग १९ पटक प्रतिस्पर्धा गरिसकेको छ । त्यसमध्ये ११ खेलमा भारतले, ३ खेलमा नेपालले जित निकालेका छन् भने ४ खेल बराबरीमा टुंगिएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया