
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
९क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिनौँदेखि जिवनजल (ओआरएस)को अभाव हुँदा बिरामीहरूले सास्ती खेपिरहेका छन् । असोजको पहिलो सातादेखि नै सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि आपूर्ति हुन नसक्दा उपचारमा समस्या आएको हो । झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने जिवनजल निःशुल्क रूपमा वितरण नहुँदा बिरामीहरू बाध्य भएर बाहिरका मेडिकल पसलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन् । बडीमालिका नगरपालिका–७ का स्थानीय मेघराज तिमिल्सेनाले अस्पतालमा जिवनजल नहुँदा बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको बताए। उनका अनुसार, “अस्पतालमा निःशुल्क पाउने औषधि बाहिरबाट महँगोमा किन्नुपर्ने अवस्था आएको छ ।”
यता, जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाइ भएकाले जिवनजल समयमै उपलब्ध हुन नसकेको हो । “टेन्डर प्रक्रिया खुलिसकेको छ र मूल्यांकन समिति एक–दुई दिनभित्र मूल्यांकन गरी सम्झौता गर्नेछ,” उनले भने, “कार्तिक महिनाभित्रै जिवनजल खरिद हुनेछ ।” गिरीका अनुसार औषधि खरिदका लागि बजेटको पनि अभाव छ । सरकारले निःशुल्क औषधि वितरणका लागि पर्याप्त रकम नदिँदा समस्या देखिएको उनको भनाइ छ । यस आर्थिक वर्षमा ९८ प्रकारका निःशुल्क औषधिका लागि २६ लाख रुपैयाँ बजेट छुट्याइएको भए पनि उक्त रकम अपुग भएको अस्पतालले जनाएको छ। जिवनजल पनि निःशुल्क वितरण हुने औषधिहरूमध्ये अत्यावश्यक सूचीमा पर्दछ ।
जिवनजल नहुँदा अहिले झाडापखाला र जलवियोजनका बिरामीहरू निजी मेडिकल वा क्लिनिकबाट महँगो मूल्य तिरेर किन्न बाध्य भएका छन्। बिरामीहरूको सहजताका लागि चाँडोभन्दा चाँडो जिवनजल आपूर्ति गरिनुपर्ने सरोकारवालाहरूको माग छ ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया