
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिनौँदेखि जिवनजल (ओआरएस)को अभाव हुँदा बिरामीहरूले सास्ती खेपिरहेका छन् । असोजको पहिलो सातादेखि नै सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि आपूर्ति हुन नसक्दा उपचारमा समस्या आएको हो । झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने जिवनजल निःशुल्क रूपमा वितरण नहुँदा बिरामीहरू बाध्य भएर बाहिरका मेडिकल पसलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन् । बडीमालिका नगरपालिका–७ का स्थानीय मेघराज तिमिल्सेनाले अस्पतालमा जिवनजल नहुँदा बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको बताए। उनका अनुसार, “अस्पतालमा निःशुल्क पाउने औषधि बाहिरबाट महँगोमा किन्नुपर्ने अवस्था आएको छ ।”
यता, जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाइ भएकाले जिवनजल समयमै उपलब्ध हुन नसकेको हो । “टेन्डर प्रक्रिया खुलिसकेको छ र मूल्यांकन समिति एक–दुई दिनभित्र मूल्यांकन गरी सम्झौता गर्नेछ,” उनले भने, “कार्तिक महिनाभित्रै जिवनजल खरिद हुनेछ ।” गिरीका अनुसार औषधि खरिदका लागि बजेटको पनि अभाव छ । सरकारले निःशुल्क औषधि वितरणका लागि पर्याप्त रकम नदिँदा समस्या देखिएको उनको भनाइ छ । यस आर्थिक वर्षमा ९८ प्रकारका निःशुल्क औषधिका लागि २६ लाख रुपैयाँ बजेट छुट्याइएको भए पनि उक्त रकम अपुग भएको अस्पतालले जनाएको छ। जिवनजल पनि निःशुल्क वितरण हुने औषधिहरूमध्ये अत्यावश्यक सूचीमा पर्दछ ।
जिवनजल नहुँदा अहिले झाडापखाला र जलवियोजनका बिरामीहरू निजी मेडिकल वा क्लिनिकबाट महँगो मूल्य तिरेर किन्न बाध्य भएका छन्। बिरामीहरूको सहजताका लागि चाँडोभन्दा चाँडो जिवनजल आपूर्ति गरिनुपर्ने सरोकारवालाहरूको माग छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया