
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं । पछिल्ला वर्षहरूमा युवा उमेरमै हृदयाघात हुने समस्या तीव्र रूपमा बढ्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका छन् । मुटुमा रगत आपूर्ति गर्ने नसा अवरुद्ध हुँदा हुने यो समस्या ३५ वर्षमाथिका व्यक्तिहरूमा बढी देखिन थालेको छ । विशेषज्ञहरूका अनुसार मुटुको नलीमा बोसो, रगतको डल्ला वा क्याल्सियम जमेर बन्द हुँदा हृदयाघात हुन्छ । कहिलेकाहीँ यस्तो अवरोध ठूला नलीमा भए तुरुन्त मृत्यु हुने अवस्था समेत आउँछ। स–साना धमनी अवरुद्ध हुँदा सामान्य लक्षण देखिए पनि दीर्घकालीन रूपमा यो खतरनाक हुन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।
हृदयाघात कुनै पनि उमेरमा हुन सक्छ तर ३५ देखि ४० वर्षमाथिका व्यक्तिहरू बढी जोखिममा छन् । यसका कारण मध्य वंशाणुगत कारण, उच्च रक्तचाप, मधुमेह (सुगर), रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा बढी हुनु, मोटोपन, धूम्रपान र मद्यपानको बानी र निष्क्रिय जीवनशैली तथा अत्यधिक तनाव हुनु हो । यी सबै कारणहरूले हृदयाघातको जोखिम बढाउँछन् ।
हृदयाघातका मुख्य लक्षणहरूमा छातीको बायाँ भागमा असह्य पीडा, श्वास फेर्न गाह्रो हुनु, पसिना आउनु, वाकवाकी लाग्नु, रिँगटा लाग्नु र कहिलेकाहीँ बेहोस हुने अवस्था आउनु पर्दछ । यस्तो अवस्था देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुगेर इसिजी, रगत परीक्षण वा इको कार्डियोग्राफी गर्न सिफारिस गरिएको छ ।
विशेषज्ञहरूका अनुसार अस्वस्थ खानपान, प्रदूषण, शारीरिक निष्क्रियता र मानसिक तनाव नै मुटुरोगका प्रमुख कारण हुन् । मुटु स्वस्थ राख्नका लागि नियमित व्यायाम, धूम्रपान–मद्यपान त्याग, नुन र चिल्लो कम प्रयोग, हरियो सागपात र फलफूल बढी सेवन, रातो मासु, फास्टफुड र मिठाई कम खाने, पर्याप्त पानी पिउने र तनाव कम गर्ने बानी बसाल्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
“हृदयाघात अब केवल वृद्धहरूको समस्या होइन,” हृदयरोग विशेषज्ञहरू भन्छन्, “व्यस्त जीवनशैली, तनाव र असन्तुलित आहारले युवा पुस्ता पनि जोखिममा छ ।” कुनै पनि असामान्य लक्षण देखिएमा ढिलो नगरी नजिकको अस्पतालमा पुग्न सल्लाह दिइएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया