
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । पछिल्ला वर्षहरूमा युवा उमेरमै हृदयाघात हुने समस्या तीव्र रूपमा बढ्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका छन् । मुटुमा रगत आपूर्ति गर्ने नसा अवरुद्ध हुँदा हुने यो समस्या ३५ वर्षमाथिका व्यक्तिहरूमा बढी देखिन थालेको छ । विशेषज्ञहरूका अनुसार मुटुको नलीमा बोसो, रगतको डल्ला वा क्याल्सियम जमेर बन्द हुँदा हृदयाघात हुन्छ । कहिलेकाहीँ यस्तो अवरोध ठूला नलीमा भए तुरुन्त मृत्यु हुने अवस्था समेत आउँछ। स–साना धमनी अवरुद्ध हुँदा सामान्य लक्षण देखिए पनि दीर्घकालीन रूपमा यो खतरनाक हुन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।
हृदयाघात कुनै पनि उमेरमा हुन सक्छ तर ३५ देखि ४० वर्षमाथिका व्यक्तिहरू बढी जोखिममा छन् । यसका कारण मध्य वंशाणुगत कारण, उच्च रक्तचाप, मधुमेह (सुगर), रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा बढी हुनु, मोटोपन, धूम्रपान र मद्यपानको बानी र निष्क्रिय जीवनशैली तथा अत्यधिक तनाव हुनु हो । यी सबै कारणहरूले हृदयाघातको जोखिम बढाउँछन् ।
हृदयाघातका मुख्य लक्षणहरूमा छातीको बायाँ भागमा असह्य पीडा, श्वास फेर्न गाह्रो हुनु, पसिना आउनु, वाकवाकी लाग्नु, रिँगटा लाग्नु र कहिलेकाहीँ बेहोस हुने अवस्था आउनु पर्दछ । यस्तो अवस्था देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुगेर इसिजी, रगत परीक्षण वा इको कार्डियोग्राफी गर्न सिफारिस गरिएको छ ।
विशेषज्ञहरूका अनुसार अस्वस्थ खानपान, प्रदूषण, शारीरिक निष्क्रियता र मानसिक तनाव नै मुटुरोगका प्रमुख कारण हुन् । मुटु स्वस्थ राख्नका लागि नियमित व्यायाम, धूम्रपान–मद्यपान त्याग, नुन र चिल्लो कम प्रयोग, हरियो सागपात र फलफूल बढी सेवन, रातो मासु, फास्टफुड र मिठाई कम खाने, पर्याप्त पानी पिउने र तनाव कम गर्ने बानी बसाल्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
“हृदयाघात अब केवल वृद्धहरूको समस्या होइन,” हृदयरोग विशेषज्ञहरू भन्छन्, “व्यस्त जीवनशैली, तनाव र असन्तुलित आहारले युवा पुस्ता पनि जोखिममा छ ।” कुनै पनि असामान्य लक्षण देखिएमा ढिलो नगरी नजिकको अस्पतालमा पुग्न सल्लाह दिइएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया