
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
९क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र माओवादी केन्द्रसँगको पार्टी एकता विषयलाई लिएर तीव्र मतभेद देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले माओवादी केन्द्रसँग औपचारिक एकताको तयारी अघि बढाएको छ भने झलनाथ खनाल नेतृत्वको असन्तुष्ट समूहले भने अलग्गै भेला बोलाएको छ । नेपाल पक्षले शुक्रबारको केन्द्रीय बैठकबाट माओवादी केन्द्रसँग एकताको प्रस्ताव अनुमोदन गरेपछि आज दिउँसो ३ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँग भेट गर्ने तयारी गरेको छ । बैठकमा एकताको प्रारूप र लिखत टुंगो लगाइने स्रोतले जनाएको छ । उता, एकता अस्वीकार गर्दै झलनाथ खनाल पक्षले भने आज दिउँसो १ बजे सुकेधारा, मिराकल पार्टी भेन्युमा अलग्गै भेला बोलाएको छ । खनाल पक्षका एक नेताका अनुसार भेलामा करिब डेढ सय केन्द्रीय सदस्य सहभागी हुने र बैठकले माओवादीसँगको एकता प्रस्ताव अस्वीकार गर्दै पार्टी पुनर्गठनबारे छलफल गर्नेछ । प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार ठूलो भेला नभई सीमित नेताहरूबीच छलफल हुने तयारी छ । उनले भने, “पहिला त माओवादीमा जाने साथीहरूलाई रोक्नुपर्छ, त्यसपछि हाम्रो पक्षका नेताले एउटा स्टेटमेन्ट जारी गर्ने तयारी छ ।” अर्यालले शुक्रबारको बैठकपछि माधव नेपाल पक्षसँगको “राजनीतिक सम्बन्ध टुंगिएको” भन्दै भने, “हामी अब पार्टी पुनर्गठन र हाम्रो पक्षका साथीहरूलाई जोगाउनका लागि राष्ट्रिय भेलासम्मको तयारीमा छौँ ।”

यसैबीच, एमालेको सचिवालय बैठक पनि आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले एस नेताहरूलाई मूल पार्टीमा फर्किन आह्वान गरेपछि त्यसबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । अर्यालले ओलीको प्रस्तावबारे भने, “अब ओलीले पहिलाजस्तो हावादारी कुरा गरेर हुँदैन; यदि उहाँको आह्वान साँच्चै कम्युनिष्ट आन्दोलनको हितमा हो भने परिपक्व ढंगले प्रस्तुत हुनुपर्छ ।” खनाल पक्षभित्र भने नेतृत्वको विषयमा एकमत छैन । केही नेताहरूले झलनाथ खनाललाई “अभिभावक” भूमिकामा राखेर नयाँ पुस्तालाई कार्यकारी नेतृत्व दिने प्रस्ताव अघि सारेका छन् । एक नेताले भने, “यदि उहाँले मै अध्यक्ष हुन्छु भन्नुभयो भने कुरा मिल्दैन; हामीले एकताको विरोध गरेका होइनौँ, पुनर्गठन र पुस्तान्तरणबिना एकता नगरौँ भनेका हौँ ।”
यसैबीच, माधव नेपाल पक्षले ३ बजे माओवादी केन्द्रसँग एकताका सबै विषयमा लिखत टुंगो लगाउने तयारी गरेको छ । नेपाल पक्षका अनुसार शुक्रबार पारित राजनीतिक प्रतिवेदनको भावनाअनुसार एकता प्रक्रिया अगाडि बढाइनेछ । नेकपा (एस) भित्र अहिले स्पस्ट रुपमा दुई ध्रुव देखिएका छन् । माओवादी केन्द्रसँग तत्काल एकता गर्नुपर्नेहरुको नेतृत्व माधव नेपालले र एकता अस्वीकार गर्दै पार्टी पुनर्गठन गर्नुपर्नेहरुको नेतृत्व भने झलनाथ खनालले गरेका छन् ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया