News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

प्रचण्डको संयोजनमा नयाँ दल ‘नेकपा समाजवादी’ बन्ने

काठमाडौँ — नेपालका वामपन्थी दलहरूबीच पुनः एकता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी दललगायतका दलबीच पार्टी एकता आउँदो कात्तिक २० गते घोषणा हुने भएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले शनिबार जानकारी दिँदै पार्टी एकताको मिति टुंगो लागेको बताए । उनका अनुसार, “कात्तिक २० मा पार्टी एकता घोषणा हुनेछ । सचिवालय बैठकले बाँकी प्राविधिक र सांगठनिक विषयहरू निष्कर्षमा पुर्‍याउनेछ ।”
सापकोटाका अनुसार एकता प्रक्रियामा सहभागी दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),
नेपाल समाजवादी दल (महिन्द्र राय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र
नेकपा (चिरण पुन) छन् । एकीकृत पार्टीको नाम “नेकपा समाजवादी” रहने भएको छ भने पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहने सहमति भइसकेको छ । पार्टी एकता घोषणापछि सांगठनिक संरचना र जिम्मेवारी बाँडफाँटबारे अन्तिम निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया