
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ — नेपालका वामपन्थी दलहरूबीच पुनः एकता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी दललगायतका दलबीच पार्टी एकता आउँदो कात्तिक २० गते घोषणा हुने भएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले शनिबार जानकारी दिँदै पार्टी एकताको मिति टुंगो लागेको बताए । उनका अनुसार, “कात्तिक २० मा पार्टी एकता घोषणा हुनेछ । सचिवालय बैठकले बाँकी प्राविधिक र सांगठनिक विषयहरू निष्कर्षमा पुर्याउनेछ ।”
सापकोटाका अनुसार एकता प्रक्रियामा सहभागी दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),
नेपाल समाजवादी दल (महिन्द्र राय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र
नेकपा (चिरण पुन) छन् । एकीकृत पार्टीको नाम “नेकपा समाजवादी” रहने भएको छ भने पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहने सहमति भइसकेको छ । पार्टी एकता घोषणापछि सांगठनिक संरचना र जिम्मेवारी बाँडफाँटबारे अन्तिम निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया