
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
दोलखा, कार्तिक १८ । दोलखाको रोल्वालिङ हिमशृंखलामा पर्ने यलुङ री हिमालमा गएको भीषण हिमपहिरोमा परी विश्वकीर्तिमानधारी युवा आरोही फुर्वा तेन्जिङ शेर्पासहित सातजना बेपत्ता भएका छन् । उक्त दुर्घटनामा हालसम्म तीन जनाको मृत्यु भएको छ भने चार जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । गौरीशंकर गाउँपालिका–९ बेदिङका २४ वर्षीय फुर्वा तेन्जिङ शेर्पाले हालसम्म १५ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनी २४ वर्षको उमेरमै नौ पटक सगरमाथा आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका युवा आरोही हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोका अनुसार, ड्रिम्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीको टोलीमा रहेका १४ जना आरोहीमध्ये सातजना हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएका हुन् । सो टोलीमा तीन विदेशी, पाँच नेपाली गाइड र केही स्थानीय सहयोगी सहभागी थिए ।
सोमबार बिहान गएको भीषण हिमपहिरोले आरोहीहरूको बेसक्याम्प नै क्षतिग्रस्त बनाएको थियो । खराब मौसमका कारण सोमबार उद्धार कार्य प्रभावित भए पनि मंगलबार बिहान मौसम सुधार भएपछि हेलिकोप्टरमार्फत चारजनाको उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये दुई नेपाली र दुई विदेशी रहेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली अहिले पनि घटनास्थलमा खटिएको छ । लामाबगरको गोंगरबाट खटिएको करिब ५० जनाको टोली ना गाउँतर्फ अघि बढिरहेको जनाइएको छ । डिएसपी महतोका अनुसार, “हालसम्म तीन जनाको शव फेला परेको छ भने सातजनाको खोजी कार्य जारी छ । खराब मौसमका कारण उद्धारमा कठिनाइ भए पनि प्रयास जारी छ ।” प्रहरीका अनुसार, आरोहणको अनुमति लिए पनि स्थानीय प्रशासनमा आरोहण विवरण दर्ता नगरिएको कारण प्रारम्भिक अवस्थामै आरोहीहरूको पहिचानमा समस्या आएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया