
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, कात्तिक १८ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता राम कार्कीले माओवादी केन्द्र परित्याग गर्दै नयाँ एकीकृत समाजवादी अभियान सुरु गर्ने घोषणा गरेका छन् । ललितपुरमा आयोजित ‘वाम धुव्रीकरण घोषणा’ सम्बन्धी पत्रकार सम्मेलनमा नेता कार्कीले आफू र आफ्ना सहकर्मीहरू पार्टीका पदीय जिम्मेवारी त्यागी समाजवादी एकताको अभियानमा लागेको बताए । उनले भने, “उहाँ (जनार्दन शर्मा) को दर्ज्यानी चिन्ह उपमहासचिव हो, मेरो सचिव हो, अन्जना विशंखे स्थायी समिति सदस्य हो — हामी ती सबै दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं । समाजवादप्रति प्रतिबद्ध, नयाँ पुस्ताप्रति विश्वास गर्ने सबैलाई यही बाटोमा आउन आह्वान गर्छौं ।”
कार्कीले समाजवादी सोच भएका, देशभक्त र जनवादी विचार राख्ने सबैलाई एकै अभियानमा गोलबद्ध हुन आग्रह गरे । उनका अनुसार, लामो संघर्षपछि पनि पार्टीभित्र आवश्यक रूपान्तरण सम्भव नभएकाले नयाँ राजनीतिक अभियान अपरिहार्य भएको हो । उनले थपे, “विभिन्न पार्टी वा समूहमा रहेका समाजवादप्रेमीहरू, वा कुनै संगठनमा नभएकाहरू पनि आफ्नो पदीय भूमिका छाडेर आउनुपर्छ। समाजवादको लक्ष्य साझा हो — त्यसका लागि पुराना पूर्वाग्रह र ‘मेरो पार्टी ठूलो’ भन्ने सोच त्याग्नुपर्छ ।” राम कार्की, जनार्दन शर्मा र अन्जना विशंखे माओवादी केन्द्रका पूर्व उच्च पदस्थ नेता हुन्। उनीहरूले माओवादी केन्द्रको औपचारिक पदीय जिम्मेवारी त्यागी, वाम एकता र समाजवादमुखी नयाँ अभियान सुरु गर्ने तयारी गरेको बताएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया