News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना

काठमाडौं । नेपाली फुटबल खेलाडीहरूले फुटबल गतिविधि ठप्प भएको विरोधमा बिहीबार अखिल नेपाल फुटबल संघ (ANFA) मुख्यालय अगाडि धर्ना दिएका छन् । नेपाल फुटबल खेलाडी संघ (ANFA) को अगुवाइमा सातदोबाटो, ललितपुरस्थित एन्फा परिसरमा खेलाडीहरूले “हाम्रा बुट थन्किएका छन्, हाम्रो खेल्ने अधिकार खै ?” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । खेलाडीहरूले पछिल्ला दुई वर्षदेखि निरन्तर स्थगित हुँदै आएको शहीद स्मारक ए–डिभिजन लिग तत्काल सञ्चालन गर्न माग गरेका छन् । उनीहरूले एन्फा नेतृत्वले बारम्बार लिग स्थगित गर्दै खेल क्षेत्रलाई अन्योलमा पारेको आरोपसमेत लगाएका छन् ।
लिग स्थगित हुँदै आएको कारण देशभर कुनै पनि ठूला फुटबल प्रतियोगिता आयोजना हुन नसक्दा धेरै खेलाडीको भविष्य अनिश्चित बनेको छ। फुटबललाई पेशा बनाएका धेरै युवा खेलाडी बेरोजगार जस्तै बनेका छन् । प्रदर्शनकारी खेलाडीहरूले एन्फालाई छिटोभन्दा छिटो घरेलु लिग सञ्चालन गरी खेलकुदमा जीवन अर्पण गरेका खेलाडीहरूको हक अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया