
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
६राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
७माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
८आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
न्युयोर्क, (एजेन्सी) – पूँजीवादको केन्द्र संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो तथा आर्थिक रूपमा सबैभन्दा प्रभावशाली सहर न्युयोर्क सिटीको मेयरमा प्रगतिशील र प्रजातान्त्रिक समाजवादी विचारका नेता जोहरान क्वामे ममदानी निर्वाचित भएका छन् । ममदानीको यो जितलाई अमेरिकी राजनीतिक इतिहासकै एक ऐतिहासिक घटना मानिएको छ । न्युयोर्क सिटीमा गत साता सम्पन्न मेयर चुनावको परिणाम अनुसार, ममदानीले खसेको कुल मतको ५०.४ प्रतिशत प्राप्त गर्दै जित हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी पूर्व गभर्नर एन्ड्र्यू कोमोले ४१.६ प्रतिशत मत पाए भने रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा तेस्रो स्थानमा रहे । यो जितसँगै ममदानी न्युयोर्क सिटीका पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका र पहिलो अफ्रिकामा जन्मिएका मेयर बनेका छन् । करिब ८४ लाखभन्दा बढी जनसंख्या र १.२८ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र भएको न्युयोर्कलाई विश्वको “पुँजीवादको राजधानी” पनि भनिन्छ । त्यसै सहरको नेतृत्व अब समाजवादी धारको राजनीतिज्ञले गर्ने भएका छन् ।
ममदानी डेमोक्रेटिक पार्टीका Democratic Socialists of America (DSA) समूहसँग सम्बद्ध नेता हुन् । उनले आफ्नो अभियानमा आवास, न्यून पारिश्रमिक, र सार्वजनिक सेवाको पहुँच विस्तारलाई मुख्य एजेन्डा बनाएका थिए । “न्युयोर्क सबैका लागि सहर हुनुपर्छ, केवल धनीहरूका लागि होइन,” ममदानीले जितपछि आफ्नो भाषणमा भने । उता पूर्व गभर्नर एन्ड्र्यू कोमोले डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा ममदानीसँग हार खाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए । सन् २०२१ मा यौन उत्पीडनको आरोपपछि राजीनामा दिएका कोमोले आफ्नो पुनरागमनको प्रयास यस पटक पनि सफल बनाउन सकेनन् ।
ममदानी सन् १९९१ अक्टोबरमा उगान्डाको कम्पालामा जन्मिएका जोहरान ममदानीका पिता प्रख्यात बौद्धिक मह्मूद ममदानी हुन् भने आमा चर्चित फिल्म निर्मात्री मीरा नायर हुन् । सात वर्षको उमेरमा उनी अभिभावकसँगै न्युयोर्क सरेका थिए । ममदानीले मेन राज्यको Bowdoin College बाट Africana Studies मा स्नातक गरेपछि सामाजिक कार्य र आवास परामर्शका क्षेत्रमा काम गरे । उनी सन् २०२० मा न्युयोर्क राज्यसभामा निर्वाचित हुँदै राजनीतिमा उदाएका थिए । यसै वर्षको सुरुमा उनले ब्रुकलिनकी सिरियाली मूलकी कलाकार रामा दुवाजीसँग विवाह गरेका छन् ।
विश्लेषकहरूले ममदानीको जितलाई न्युयोर्कको राजनीतिक धारणामा आएको परिवर्तनको प्रतीकका रूपमा हेरेका छन् । “पुँजीवादको केन्द्रमा समाजवादीको नेतृत्व—यो अमेरिकी राजनीति र विश्वव्यापी रूपमा ठूलो सन्देश हो,” एक विश्लेषकले भने । ममदानी आगामी हप्तामा सहरका १.८ लाख नगरकर्मीको समर्थनमा आधारित सामाजिक तथा आर्थिक सुधारका एजेन्डा अघि सार्ने तयारीमा छन् ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
प्रतिक्रिया