News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

मैसरा खड्काको निधनप्रति नेकपा(बहुमत)द्धारा शोक व्यक्त

काठमाडौं, कार्तिक २४ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पार्टी पोलिटब्यूरो सदस्य यमराज खड्ककी आमा मैसरा खड्काको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । पार्टी महासचिव कञ्चनद्वारा जारी गरिएको शोक वक्तव्यमा मैसरा खड्काको ९७ वर्षको उमेरमा निधन भएको जनाउँदै, उहाँले जनयुद्धकालिन संघर्षका क्रममा खेलेको भूमिका र परिवारका सदस्यका रूपमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गरिएको छ । वक्तव्यमा भनिएको छ, “१० वर्षको जनयुद्धका कठिन दिनहरूमा उहाँले निर्वाह गर्नुभएको भूमिकाले क्रान्तिकारी आन्दोलनलाई सबल पार्न सहयोग पुर्‍यायो ।” पार्टीले उहाँको निधनले क्रान्तिकारी आन्दोलनमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै, यमराज खड्का तथा सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया