
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
दाङ । नेकपा (बहुमत) निकट विभिन्न जनवर्गीय संगठनहरूले मंगलबार दाङको तुलसीपुरमा कोणसभा सम्पन्न गरेका छन् । कोणसभामा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक शेरुले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोराले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शेरुले संसदीय व्यवस्था असफल भइसकेको बताएका थिए । उनका अनुसार, संसदवादी पार्टीहरूले जनताको तीव्र परिवर्तनको आकांक्षा पूरा गर्न नसक्दा नै जेनेरेसन (जेन्जी) बिद्रोह उत्पन्न भएको हो । शेरुले संसदवादी दलहरू चरम भ्रष्टाचार, दलाली र नातावादमा लिप्त भएको आरोप लगाउँदै भने, “देशको निकासका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था आवश्यक छ,”। उनले २०–२५ हजार मत लिएर देशको नेतृत्व गर्न सक्ने व्यवस्था असफल भएको भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीको आवश्यकता दोहोर्याए ।
त्यस्तै, अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोराले जेन्जी आन्दोलनको परिणाम अपेक्षित नआएको बताएका थिए । उनका अनुसार, “जेन्जीहरूले रगत बगाए, तर परिणाम सही आएन। उनीहरूको माग पूरा गर्न सत्तासीन सरकारको कुनै लक्षण देखिँदैन ।” बोहोराले थपे, “जेन्जीहरूको आन्दोलन केवल चुनावका लागि थिएन। हाम्रो माग भ्रष्टाचार र दलाली अन्त्य, निशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेन्टी, संविधान पुनर्संरचना र प्रत्यक्ष कार्यकारी व्यवस्था थियो । तर परिणाम त्यसको विपरीत भयो, त्यसैले फेरि बिद्रोह हुने संकेत छ ।”
प्रतिक्रिया