
१सीमा सुरक्षा बलियो बनाउँदै सशस्त्र प्रहरी, उच्च अधिकारी सीमानाकामा खटिए
२दिल्ली विस्फोट प्रकरणः तीन राज्यका ५०७ स्थानमा एटीएस र प्रहरीको व्यापक छापा
३मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टी बीच एकता सम्पन्न
४रमेश लेखकको आरोप : सरकारले सूचना नदिई पासपोर्ट रोक्का गर्यो
५मङ्सिर १ देखि सुरु हुँदै नेपाल प्रिमियर लिग, पहिलोपटक फ्लडलाइटमा खेल हुने
६वार्तामार्फत मेलम्ची विवाद समाधान, स्थानीय र सरकारबीच १५ बुँदे सहमति
७नेकपा (बहुमत) निकट जनवर्गीय संगठनहरूको तुलसीपुरमा कोणसभा
८धान खरिदमा ढिलाइ, किसान मारमा—अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सरकारलाई चेतावनी
९मधेशमा सत्ता संकटः एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त, प्रदेशभर विरोध प्रदर्शन
१०मैसरा खड्काको निधनप्रति नेकपा(बहुमत)द्धारा शोक व्यक्त
११शिक्षक र कर्मचारी राजनीतिक दलमा आबद्ध भए कारबाही हुने : शिक्षा मन्त्रालय
१२मुख्यमन्त्री पदबाट सोनलद्वारा राजीनामा, प्रदेश प्रमुखलाई बुझाए पत्र
१जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
४गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
५संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
६नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
७क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
८जेनजी आन्दोलन र अबको चुनाव बहिष्कार
९शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१०सी.पी. गजुरेल ‘गौरव’ : जेल जीवनदेखि पार्टी नेतृत्वसम्मको संघर्षपूर्ण यात्रा
११पूँजिवादी संस्कृति, विद्रोह र जनसंस्कृति
१२माओवादी भित्रकाे भ्रष्टाचार छानबिन हुनुपर्ने माओवादी जेनजी रेडफाेर्सकाे माग
काठमाडौं । विभिन्न माग राख्दै मेलम्ची खोलाको पानी काठमाडौं ल्याउने कार्य अवरुद्ध गरिरहेका स्थानीयवासीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । मंगलबार राति सरकार र स्थानीय प्रतिनिधिबीच १५ बुँदे सहमति भएपछि मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणमा आएको अवरोध अन्त्य भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको वार्ताले विवाद समाधान गरेको हो । मन्त्रालयका सचिवहरू, खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
पाँच दिनदेखि स्थानीयले आयोजना क्षेत्रबाट पानी पठाउन रोकेपछि सिंहदरबारमा निरन्तर वार्ता हुँदै आएको थियो । मंगलबार राति १० बजेसम्म चलेको छलफलमा सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिका प्रतिनिधिबीच सहमति जुटेपछि आन्दोलन फिर्ता लिइएको हो । खानेपानी मन्त्रालयका अनुसार सहमति कार्यान्वयनसँगै मेलम्चीको पानी पुनः काठमाडौं पठाउने प्रक्रिया सुरु हुनेछ । मन्त्रालयले अवरोध हटेसँगै काठमाडौं उपत्यकामा मेलम्चीको पानी आपूर्ति सहज हुने जनाएको छ ।

प्रतिक्रिया