News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय समाचार

दिल्ली विस्फोट प्रकरणः तीन राज्यका ५०७ स्थानमा एटीएस र प्रहरीको व्यापक छापा

काठमाडौँ, कार्तिक २७ । दिल्ली बम विस्फोट घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजीका क्रममा भारतीय प्रहरी र एटीएस (एन्टि–टेरर स्क्वाड) ले जम्मु–कश्मीर, हरियाणा र उत्तर प्रदेशका विभिन्न क्षेत्रमा ५०७ स्थानमा एकैपटक छापा मारेका छन् । अधिकारीका अनुसार जम्मु–कश्मीरमा प्रतिबन्धित संगठन ८८‘जमात–ए–इस्लामी’८८सँग सम्बन्धित १० जिल्लाका करिब ५०० स्थानमा छापा मारिएको हो । छापा अभियानको उद्देश्य आतंकवादसँग सम्बन्धित कागजात, डिजिटल उपकरण र अन्य प्रमाणहरू सङ्कलन गर्नु रहेको बताइएको छ । पछिल्ला चार दिनभित्र ५०० भन्दा बढी संदिग्धहरूसँग सोधपुछ भइसकेको छ ।
हरियाणामा डा. मुजम्मिलसँग सम्बन्धित करिब सात ठाउँमा छापा मारिएको छ भने श्रीनगरमा कार्यरत डा. तजामुललाई नियन्त्रणमा लिइएको छ । साथै, हरियाणाको मेवात क्षेत्रबाट मौलवी इश्तियाक पक्राउ परेका छन् । अनुसन्धान एजेन्सीका अनुसार आतंकवादी समूहले गुरुग्राम, फरीदाबादका रेल स्टेशन, ठूला सपिङ मलब र धार्मिक स्थलहरूमा हमला गरी देशभर साम्प्रदायिक तनाव फैलाउने योजना बनाएका थिए । यसका लागि उनीहरूले कश्मीरका पुलवामा, सोपियन र अनन्तनागका केही चिकित्सकहरूलाई प्रयोग गर्ने तयारी गरेका थिए, ताकि उनीहरू बिना शङ्का विभिन्न स्थानमा पुग्न सकून् ।

प्रतिक्रिया