
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले गरेको वैदेशिक व्यापार ७ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि कार्तिकसम्मको अवधिमा देशको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भई ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो । गत वर्ष यही अवधिमा ५ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । उक्त चार महिनामा नेपालबाट हुने वस्तु निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँको निर्यात भएकोमा यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । निर्यातमा देखिएको यो उल्लेख्य वृद्धि अर्थतन्त्रका लागि सकारात्मक मानिएको छ ।
निर्यातसँगै आयात पनि वृद्धि भएको छ । चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको तुलनामा १८.७१ प्रतिशत बढी हो । गत वर्ष यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो । निर्यात बढेपनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा अझै ठूलो छ । चालु आर्थिक वर्षको चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यो आँकडा गत वर्षको सोही अवधिभन्दा ११.९९ प्रतिशतले बढी हो । संक्षेपमा कुल वैदेशिक व्यापार : रु. ७ खर्ब २ अर्ब ९४ करोड, कुल आयातः रु. ६ खर्ब ९ अर्ब ४५ करोड (१८.७१% वृद्धि), कुल निर्यातः रु. ९३ अर्ब ४९ करोड (७७.५१% वृद्धि) र व्यापार घाटा : रु. ५ खर्ब १५ अर्ब ९५ करोड (११.९९% वृद्धि) रहेको छ ।
प्रतिक्रिया