
१महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
२जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
३जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
४यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
५जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
६दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
७कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
८साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
९कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
१०नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
११जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१२डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई नेकपा(बहुमत) निकट युवा संगठनद्वारा कार्यकक्षमै कालोमोसो
१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
६कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
७शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
८जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
९फेवातालमा सरसफाई सँगै नेकपा (बहुमत) ४ नं. ब्येरोले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१०पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
११नेकपा (बहुमत) चितवनले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम ठेक्का सम्झौतामा तोकिएको समय सकिन लाग्दा पनि आधा मात्र प्रगति भएको छ । तीन वर्षभित्र सक्ने गरी २०७९ पुस २४ मा दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको यो आयोजनामा हाल औसतमा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको हो । सडक विभागका एक अधिकारीका अनुसार काम पूरा हुनुपर्ने वेला ठेकेदारहरू डेढ वर्ष म्याद थपका लागि दौडधुप गरिरहेका छन् । काठमाडौंलाई उत्तर र पूर्वसँग जोड्ने यो महत्त्वपूर्ण सडकलाई ६ लेनमा विस्तार गर्ने योजना अन्तर्गत सूर्यविनायक–साँगा ७.५ किमि खण्डलाई ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल ८.४ किमि खण्डलाई ४ अर्ब ५ करोड ६४ लाखमा ठेक्का दिइएको थियो । मंसिरमा सकिने सूर्यविनायक–साँगा खण्डको ८.३ किमि सडक विस्तार ४५ प्रतिशत मात्र पुगेको छ भने पुसमा म्याद सकिने साँगा–धुलिखेल ७.५ किमि खण्डको प्रगति ५५ प्रतिशत छ । दुवै खण्डमा काम धमाधम भए पनि तोकिएको समयमै सकिने अवस्था छैन ।
सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेट अभावलगायतका कारण विस्तार कार्य प्रभावित भएको थियो । चालू वर्षमा केवल ७० करोड रुपैयाँ मात्र विनियोजन भएकाले निर्माणले गति लिन सकेन। आयोजनाले थप ४ अर्ब रुपैयाँ बजेट माग गरिसकेको छ । टेवा पर्खाल तथा नाली निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ भने साँगा–धुलिखेल खण्डको करिब २ किमि सडक कालोपत्रे भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार सडक विस्तार कार्यको स्थल निरीक्षण गर्दै निर्माण गति बढाउन निर्देशन दिएका छन् । उपयुक्त मौसम भएकाले अहिले निर्माणलाई तीव्रता दिनुपर्ने उनले बताएका हुन् । मन्त्री घिसिङले सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गर्दै जनशक्ति तथा उपकरण बढाई आगामी असारभित्र काम सक्ने लक्ष्यसहित अघि बढ्न आग्रह गरे। अर्थ मन्त्रालयबाट आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता आइसकेकाले अब बजेट अभाव नहुने उनले उल्लेख गरे ।

१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
प्रतिक्रिया