
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम ठेक्का सम्झौतामा तोकिएको समय सकिन लाग्दा पनि आधा मात्र प्रगति भएको छ । तीन वर्षभित्र सक्ने गरी २०७९ पुस २४ मा दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको यो आयोजनामा हाल औसतमा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको हो । सडक विभागका एक अधिकारीका अनुसार काम पूरा हुनुपर्ने वेला ठेकेदारहरू डेढ वर्ष म्याद थपका लागि दौडधुप गरिरहेका छन् । काठमाडौंलाई उत्तर र पूर्वसँग जोड्ने यो महत्त्वपूर्ण सडकलाई ६ लेनमा विस्तार गर्ने योजना अन्तर्गत सूर्यविनायक–साँगा ७.५ किमि खण्डलाई ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल ८.४ किमि खण्डलाई ४ अर्ब ५ करोड ६४ लाखमा ठेक्का दिइएको थियो । मंसिरमा सकिने सूर्यविनायक–साँगा खण्डको ८.३ किमि सडक विस्तार ४५ प्रतिशत मात्र पुगेको छ भने पुसमा म्याद सकिने साँगा–धुलिखेल ७.५ किमि खण्डको प्रगति ५५ प्रतिशत छ । दुवै खण्डमा काम धमाधम भए पनि तोकिएको समयमै सकिने अवस्था छैन ।
सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेट अभावलगायतका कारण विस्तार कार्य प्रभावित भएको थियो । चालू वर्षमा केवल ७० करोड रुपैयाँ मात्र विनियोजन भएकाले निर्माणले गति लिन सकेन। आयोजनाले थप ४ अर्ब रुपैयाँ बजेट माग गरिसकेको छ । टेवा पर्खाल तथा नाली निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ भने साँगा–धुलिखेल खण्डको करिब २ किमि सडक कालोपत्रे भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार सडक विस्तार कार्यको स्थल निरीक्षण गर्दै निर्माण गति बढाउन निर्देशन दिएका छन् । उपयुक्त मौसम भएकाले अहिले निर्माणलाई तीव्रता दिनुपर्ने उनले बताएका हुन् । मन्त्री घिसिङले सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गर्दै जनशक्ति तथा उपकरण बढाई आगामी असारभित्र काम सक्ने लक्ष्यसहित अघि बढ्न आग्रह गरे। अर्थ मन्त्रालयबाट आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता आइसकेकाले अब बजेट अभाव नहुने उनले उल्लेख गरे ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया