
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित ढङ्गले सम्पन्न गराउन सुरक्षा तयारी सुदृढ गर्न प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई आवश्यक निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले आज जङ्गी अड्डास्थित नेपाली सेनाको मुख्यालयको निरीक्षण भ्रमण गर्दै सेनाले तयार पारेको चुनाव सुरक्षा योजना, वर्तमान सुरक्षा अवस्था, चुनौती तथा आगामी योजनाबारे प्रत्यक्ष जानकारी लिन्ुभएको हो । सेनाले चुनावको संवेदनशीलताका आधारमा सैनिक तैनाथी, समन्वय संरचना र सम्भावित जोखिम व्यवस्थापनसम्बन्धी विस्तृत प्रस्तुतीकरण गरेको थियो ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठन भएको सरकारले शान्ति–सुरक्षा कायम राख्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय दायित्व रहेको उल्लेख गर्दै सेनाले पाएको जिम्मेवारी पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले जनताको सुरक्षाको प्रत्याभूति दिने र प्रहरीका कारबाहीलाई सुरक्षित र प्रभावकारी बनाउने वातावरण स्पष्ट कार्ययोजनासहित निर्माण गर्न, ‘एक थोपा रगत नबग्ने, एक जना पनि घाइते नपर्ने’ लक्ष्य राख्दै सुरक्षा निकायबीच अधिकतम समन्वयका साथ संवेदनशीलता–मुखी ढङ्गले काम गर्न, जेनजी आन्दोलनका क्रममा हराइएका वा लुटिएका हातहतियारको खोजी तथा नियन्त्रणमा सक्रिय रहन र फरार अभियुक्त पक्राउमा कुनै कमी–कसुर नराख्न समेत निर्देशन दिनुभयो ।
प्रतिक्रिया