
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा प्रसाईंसहित सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा. डा. जयालक्ष्मी प्रधान, सदस्य प्रा. डा. मोतिलाल शर्मा र प्रा. डा. मेघराज पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार प्रसाईंले आफूसँग नभएको विद्यावारिधि (पिएचडी) प्राप्त गरेको भनी फर्जी विवरण पेस गरी लाभ लिएको आरोपमा अनुसन्धान हुँदै आएको थियो । त्रिवि रजिष्ट्रार कार्यालय, कीर्तिपुरले सह–परीक्षा नियन्त्रक छनोट प्रक्रियामा उनले प्रस्तुत गरेको शैक्षिक योग्यता फर्जी रहेको पुष्टि भएपछि अख्तियारमा उजुरी परेको थियो । गत वर्ष भदौमा त्रिविले विराटनगरमा सह–परीक्षा नियन्त्रकका लागि आवेदन खुला गरेपछि ६ जनाले दरखास्त दिएका थिए । पद्मकन्या क्याम्पसकी प्रा. डा. जयालक्ष्मी प्रधान, त्रिवि रसायनशास्त्र विभागका प्रा. डा. मोतिलाल शर्मा तथा प्रा. डा. मेघराज पोखरेल रहेको तीन सदस्यीय छनोट समितिले पोखरेललाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई गैरकानुनी भन्दै अख्तियारमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा प्रसाईंले विद्यावारिधिको प्रमाणपत्र नै नपाई पिएचडी गरेको भनी दावा गरेको, आफ्नो नेमप्लेट तथा क्यालेन्डरमा ‘डा.’ उपाधि प्रयोग गरेको, र सोही फर्जी उपाधि प्रयोग गरी अधिकृत पद र सुविधा पाउने उद्देश्य राखेको आरोपपत्रमा उल्लेख छ । साथै, छनोट समितिका तीन प्राध्यापकले प्रसाईंसँग मिलेमतो गरी परीक्षाको परिणाम फेरबदल गरेको, झुटा विवरणका आधारमा सह–परीक्षा नियन्त्रक पदका लागि गलत प्रतिवेदनसहित सिफारिस गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ । अख्तियारले चारैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही गर्न विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया