
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । आइतबार अनामनगरस्थित बैंकको कार्यालयबाटै उनलाई पक्राउ गरिएको सिआइबीले पुष्टि गरेको छ । सिआइबीका अनुसार प्रभु ग्रुपसँग जोडिएको ठगी प्रकरणमा केही रकम प्रभु बैंकमार्फत गएको देखिएको प्रारम्भिक अनुसन्धानपछि शेरचनलाई नियन्त्रणमा लिइएको हो । थप अनुसन्धानका लागि उनलाई सिआइबीको हिरासतमा राखिएको बताइएको छ ।
यसअघि नै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई समेत सिआइबीले पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैलाई ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । उक्त घटनामा संलग्नताको आरोपमा पहिले पक्राउ परेका बैंकका पूर्वअध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचन भने हाजिरी जमानीमा छुटिसकेका छन् । सिआइबीले यस प्रकरणको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया