News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

बाजुराको मार्तडी बजारमा भीषण आगलागी, नियन्त्रणमा समस्या

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आज दिउँसो भीषण आगलागी भएको छ । बजारभित्र रहेको एक पसलबाट आगो सुरु भएको र अहिले पनि नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय बार्तडीले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२ः२० बजेतिर आगलागी सुरु भएको हो । दमकल नहुँदा आगो नियन्त्रणमा लिन कठिनाइ भएको उनले बताए । बजारवासी तथा सुरक्षा कर्मीहरूले स्थानीय स्रोत–साधनको प्रयोग गर्दै आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीबाट भएको क्षतिको विवरण भने अझै प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया