
१फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
४एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
५क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
६सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
७नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
८South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
९गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१०CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
११कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
१२संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
लुम्बिनी प्रदेश । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नं. ब्यूरोले सुस्ता–सिस्ने क्षेत्र केन्द्रित “जनसंविधानका लागि जनसंघर्ष अभियान” औपचारिक रूपमा शुरू गरेको छ । पछिल्ला वर्षहरूमा भारत–नेपाल सीमा विवाद, विशेषगरी सुस्ता क्षेत्रमा बढ्दो भारतीय हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीले राष्ट्रिय स्वाधीनता तथा भू–संप्रभुताको सुरक्षाका लागि व्यापक अभियान चलाएको घोषणा गरेको हो । पार्टीका अनुसार सुस्ता नेपालकै ऐतिहासिक तथा अविभाज्य भूभाग भएको र लामो समयदेखि भइरहेको भारतीय अतिक्रमण रोक्न सरकारले कूटनीतिक तथा प्रशासनिक तहमा तत्काल कडाइका साथ हस्तक्षेप गर्नुपर्ने आवश्यकता छ । अहिले पनि सुस्ता क्षेत्रमा बस्दै आएका ३५० भन्दा बढी नेपाली परिवार नागरिकता, सूचना–सञ्चार, खानेपानी, सिँचाइलगायत आधारभूत सुविधाबाट वञ्चित रहेकामा पार्टीले चिन्ता व्यक्त गरेको छ ।
५ नं. ब्यूरोका इन्चार्ज जितले सरकारले सुस्तामा बसोबास गर्ने नेपाली नागरिकको नागरिकताको अधिकार, सुरक्षा र सेवासुविधामा पहुँच सुनिश्चित गर्न तुरुन्त कदम चाल्नुपर्ने बताए । उनले चरम भ्रष्टाचार, दलालीकरण र राष्ट्रहित विपरीत क्रियाकलापविरुद्ध पार्टी कठोर संघर्षमा उत्रिने दाबी गर्दै अहिले देशमा स्वाधीन संयुक्त सरकार आवश्यक रहेको पनि उल्लेख गरे । दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने पार्टीको दीर्घकालीन लक्ष्य रहेको उनको भनाइ थियो । सुस्ता बचाउँ अभियानका संयोजक सन्देश सापकोटाले सुस्तालाई नेपालको अविभाज्य भूमि भन्दै कुनै पनि प्रकारको सीमा हस्तक्षेप वा दबाब स्वीकार्य नहुने स्पष्ट पारे । उनले स्थानीय बासिन्दाको सुरक्षित बसोबास, कृषियोग्य जमिनको संरक्षण, सार्वजनिक सेवामा पहुँच र सीमा सुरक्षामा राज्यले सक्रिय र जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए ।
अभियानले सुस्ता–सिस्ने क्षेत्रका नागरिकलाई सिमाना, अधिकार र राष्ट्रिय पहिचानबारे सचेत गराउने, जनसंविधान निर्माणतर्फ जनसमर्थन जुटाउने र राष्ट्रिय सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्य अघि सारेको जनाएको छ । अभियानको नेतृत्व पार्टीका केन्द्रीय सदस्य विनोद मरासैनीले गरिरहेका छन् ।



१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
प्रतिक्रिया