
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नम्बर ब्यूरोको तेस्रो पूर्ण बैठक हालै सम्पन्न भएको छ । ब्यूरो इन्चार्ज ‘धमिल’ को अध्यक्षता र केन्द्रीय सचिवालय सदस्य ‘गम्भीर’ को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले मुलुकमा देखिएका राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरूको समीक्षा गर्दै नयाँ राजनीतिक हस्तक्षेप आवश्यक रहेको निष्कर्ष निकालिएको छ । बैठकका प्रमुख अतिथि गम्भीरले प्रशिक्षणमूलक राजनीतिक मन्तव्य प्रस्तुत गर्दै जेन–जी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरे । उनले मुलुकको स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौतिहरू बढ्दै गएको दाबी गर्दै क्रान्तिकारी शक्तिहरू निर्णायक रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । गम्भीरले स्वाधीन संयुक्त सरकार गठन, जनसंविधान निर्माण र देशव्यापी जनसंघर्ष–जनसंवाद अभियानलाई पार्टीको मुख्य राजनीतिक दायित्वका रूपमा अघि सार्ने बताए ।
पूर्ण बैठकले बढ्दो भ्रष्टाचारलाई “जनताको भविष्यमाथिको गम्भीर प्रहार” को रूपमा व्याख्या गर्दै संगठनात्मक शक्ति र वर्गीय जागरूकताका माध्यमबाट भ्रष्टाचारविरुद्ध आन्दोलनलाई तीव्र बनाउने निर्णय गरेको छ । प्रदेश १ मा योजनाबद्ध राजनीतिक अभ्यासमार्फत् क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित बैठकले ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ तत्काल सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस अभियानमार्फत् जनसंवाद, जनदबाब र जनएकता विस्तार गर्दै राष्ट्रिय बहसको केन्द्रमा जनसंविधान निर्माणलाई स्थापित गर्ने उल्लेख गरिएको छ । पार्टीका अनुसार आगामी अभियानले प्रतिक्रियावादी सत्ताबाट संवैधानिक तथा राजनीतिक प्रक्रियामा देखिएको संकटलाई चुनौती दिने रणनीति अपनाउने छ । भ्रष्टाचारविरुद्ध जनकारबाहीलाई प्राथमिक राजनीतिक मोर्चाको रूपमा अघि बढाइने निर्णय बैठकमा गरिएको जनाइएको छ । बैठकमा केन्द्रीय सचिवालय सदस्य ‘सागर’ र केन्द्रीय सल्लाहकार समिति सदस्य ‘उमेश’ ले पनि विशेष आतिथ्य ग्रहण गरेका थिए ।
प्रतिक्रिया