
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नम्बर ब्यूरोको तेस्रो पूर्ण बैठक हालै सम्पन्न भएको छ । ब्यूरो इन्चार्ज ‘धमिल’ को अध्यक्षता र केन्द्रीय सचिवालय सदस्य ‘गम्भीर’ को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले मुलुकमा देखिएका राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरूको समीक्षा गर्दै नयाँ राजनीतिक हस्तक्षेप आवश्यक रहेको निष्कर्ष निकालिएको छ । बैठकका प्रमुख अतिथि गम्भीरले प्रशिक्षणमूलक राजनीतिक मन्तव्य प्रस्तुत गर्दै जेन–जी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरे । उनले मुलुकको स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौतिहरू बढ्दै गएको दाबी गर्दै क्रान्तिकारी शक्तिहरू निर्णायक रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । गम्भीरले स्वाधीन संयुक्त सरकार गठन, जनसंविधान निर्माण र देशव्यापी जनसंघर्ष–जनसंवाद अभियानलाई पार्टीको मुख्य राजनीतिक दायित्वका रूपमा अघि सार्ने बताए ।
पूर्ण बैठकले बढ्दो भ्रष्टाचारलाई “जनताको भविष्यमाथिको गम्भीर प्रहार” को रूपमा व्याख्या गर्दै संगठनात्मक शक्ति र वर्गीय जागरूकताका माध्यमबाट भ्रष्टाचारविरुद्ध आन्दोलनलाई तीव्र बनाउने निर्णय गरेको छ । प्रदेश १ मा योजनाबद्ध राजनीतिक अभ्यासमार्फत् क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित बैठकले ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ तत्काल सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस अभियानमार्फत् जनसंवाद, जनदबाब र जनएकता विस्तार गर्दै राष्ट्रिय बहसको केन्द्रमा जनसंविधान निर्माणलाई स्थापित गर्ने उल्लेख गरिएको छ । पार्टीका अनुसार आगामी अभियानले प्रतिक्रियावादी सत्ताबाट संवैधानिक तथा राजनीतिक प्रक्रियामा देखिएको संकटलाई चुनौती दिने रणनीति अपनाउने छ । भ्रष्टाचारविरुद्ध जनकारबाहीलाई प्राथमिक राजनीतिक मोर्चाको रूपमा अघि बढाइने निर्णय बैठकमा गरिएको जनाइएको छ । बैठकमा केन्द्रीय सचिवालय सदस्य ‘सागर’ र केन्द्रीय सल्लाहकार समिति सदस्य ‘उमेश’ ले पनि विशेष आतिथ्य ग्रहण गरेका थिए ।
प्रतिक्रिया