
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
सर्लाही । सर्लाहीमा बिरामी बोक्ने उद्देश्यमै सञ्चालन हुँदै आएको रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग भएको छ भन्ने तथ्य खुलासा भएको छ । हरिवनबाट लागुऔषधसहित एम्बुलेन्स नियन्त्रणमा लिएपछि यो गतिविधि सार्वजनिक भएको हो । सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्सको पछाडिको भागमा बोराभित्र लुकाइराखिएको ५१ किलो ५ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । सो एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, रामनगर बहुअर्वाको नाममा दर्ता भएको थियो ।
एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका यादवसहित बरामद पदार्थबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । यसअघि पनि शुक्रबार प्रहरीले लालबन्दी नगरपालिका–११, हीरापुरबाट ५२ किलो गाँजा बरामद गर्दै एक पिकअप भ्यानसहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया