
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
कञ्चनपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा ७ नं. ब्युरो कार्यालय सचिव विज्ञानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा सङ्गठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश संयोजक गोबिन्द बिष्ट विशेष अतिथि रहनुभएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि विज्ञानले नेकपा (बहुमत)ले सुरु गरेको भ्रष्टाचार र वित्तीय शोषणविरुद्धको आन्दोलन र जनसंविधानका लागि जनसंघर्ष अभियानमा युवा पुस्ताले नेतृत्व ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । देशमा देखिएको नेतृत्व संकट र नयाँ विचारको बहसलाई मूर्त रूप दिन पार्टीले बैशाखमा गर्न लागेको राष्ट्रिय सम्मेलनका लागि विद्यार्थीहरूले अध्ययन–अनुसन्धानमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै, विशेष अतिथि गोबिन्द बिष्टले सङ्गठनले अघि सारेको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको कार्यभार पूरा गर्न संगठनका तत्कालीन निर्णयहरू दृढतापूर्वक कार्यान्वयन गर्न सबैलाई आह्वान गर्नुभयो । बैठकले विद्यार्थी हितका विभिन्न विषयमा संघर्ष गर्ने निर्णय गरेको छ । तीमध्ये : छात्रवृत्ति सम्बन्धी व्यवस्था प्रभावकारी रूपमा लागू गराउने, सरकारी विद्यालयहरूले अनुदान रकममा गरिरहेको दुरुपयोग रोक्न दबाब दिने, सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिने व्यवस्था कार्यान्वयन गर्न संघर्ष गर्ने—जस्ता निर्णयहरू प्रमुख रहेका छन् ।
सँगै, बैठकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न जिल्ला तथा क्याम्पसमा नेतृत्व हेरफेर समेत गरेको छ । जस्मा कञ्चनपुर जिल्ला तथा सुप विश्वविद्यालय इन्चार्ज – प्रकाश, कैलाली जिल्ला – निशान्त, कञ्चनपुर जिल्ला संयोजक – आदेश, बैतडी जिल्ला संयोजक – मोहित, अछाम जिल्ला संयोजक – डिबी, डोटी जिल्ला संयोजक – नविन, बझाङ जिल्ला संयोजक – जनक, बाजुरा जिल्ला संयोजक – सानिया, कैलाली बहुमुखी क्याम्पस संयोजक – दानबहादुर, बिरेन्द्र बहुमुखी क्याम्पस संयोजक – अंकित रहेका छन् ।
सङ्गठनका सुदूरपश्चिम प्रदेश संयोजक बिनोद जप्रेलको अध्यक्षतामा बसेको बैठकमा सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक राजन साउद, सचिवालय सदस्य तथा छात्रा विभाग प्रमुख लक्ष्मी शाहलगायतको उपस्थिति रहेको थियो । बैठकको प्रारम्भमा कार्तिक २९ गते सवारी दुर्घटनामा निधन भएका संगठनका केन्द्रीय सदस्य तथा डडेलधुरा जिल्ला संयोजक भैरव रावतप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया