
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
कञ्चनपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा ७ नं. ब्युरो कार्यालय सचिव विज्ञानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा सङ्गठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश संयोजक गोबिन्द बिष्ट विशेष अतिथि रहनुभएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि विज्ञानले नेकपा (बहुमत)ले सुरु गरेको भ्रष्टाचार र वित्तीय शोषणविरुद्धको आन्दोलन र जनसंविधानका लागि जनसंघर्ष अभियानमा युवा पुस्ताले नेतृत्व ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । देशमा देखिएको नेतृत्व संकट र नयाँ विचारको बहसलाई मूर्त रूप दिन पार्टीले बैशाखमा गर्न लागेको राष्ट्रिय सम्मेलनका लागि विद्यार्थीहरूले अध्ययन–अनुसन्धानमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै, विशेष अतिथि गोबिन्द बिष्टले सङ्गठनले अघि सारेको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको कार्यभार पूरा गर्न संगठनका तत्कालीन निर्णयहरू दृढतापूर्वक कार्यान्वयन गर्न सबैलाई आह्वान गर्नुभयो । बैठकले विद्यार्थी हितका विभिन्न विषयमा संघर्ष गर्ने निर्णय गरेको छ । तीमध्ये : छात्रवृत्ति सम्बन्धी व्यवस्था प्रभावकारी रूपमा लागू गराउने, सरकारी विद्यालयहरूले अनुदान रकममा गरिरहेको दुरुपयोग रोक्न दबाब दिने, सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिने व्यवस्था कार्यान्वयन गर्न संघर्ष गर्ने—जस्ता निर्णयहरू प्रमुख रहेका छन् ।
सँगै, बैठकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न जिल्ला तथा क्याम्पसमा नेतृत्व हेरफेर समेत गरेको छ । जस्मा कञ्चनपुर जिल्ला तथा सुप विश्वविद्यालय इन्चार्ज – प्रकाश, कैलाली जिल्ला – निशान्त, कञ्चनपुर जिल्ला संयोजक – आदेश, बैतडी जिल्ला संयोजक – मोहित, अछाम जिल्ला संयोजक – डिबी, डोटी जिल्ला संयोजक – नविन, बझाङ जिल्ला संयोजक – जनक, बाजुरा जिल्ला संयोजक – सानिया, कैलाली बहुमुखी क्याम्पस संयोजक – दानबहादुर, बिरेन्द्र बहुमुखी क्याम्पस संयोजक – अंकित रहेका छन् ।
सङ्गठनका सुदूरपश्चिम प्रदेश संयोजक बिनोद जप्रेलको अध्यक्षतामा बसेको बैठकमा सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक राजन साउद, सचिवालय सदस्य तथा छात्रा विभाग प्रमुख लक्ष्मी शाहलगायतको उपस्थिति रहेको थियो । बैठकको प्रारम्भमा कार्तिक २९ गते सवारी दुर्घटनामा निधन भएका संगठनका केन्द्रीय सदस्य तथा डडेलधुरा जिल्ला संयोजक भैरव रावतप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया