News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा

महोत्तरी, बर्दिबास । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) २ नम्बर ब्युरोको चौथो पूर्ण बैठक आज महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता पार्टी सचिवालय सदस्य तथा २ नम्बर ब्युरो इन्चार्ज शार्दुलले गरेका थिए । बैठकमा विशेष उपस्थितिका रूपमा सहभागी सचिवालय सदस्य आजादले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचनलाई “सशक्त रूपमा बहिष्कार गर्नुपर्ने” धारणा व्यक्त गरे ।
साथै बैठकका अध्यक्ष तथा २ नं. ब्युरो इन्चार्ज शार्दुलले, “अहिलेकै परिस्थितिमा संसदीय निर्वाचनले राजनीतिक समस्याको समाधान गर्दैन, बरु देशलाई झनै गरिब र कंगाल बनाउने खतरा छ । साम्राज्यवादको निर्देशनमा हुन लागेको चुनाव बहिष्कार गर्नु आवश्यक छ । वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण र स्वाधीन संयुक्त सरकार गठन नै समाधान हो,” भनेर आफ्नो धारणा प्रस्तुत गरेको बैठकमा सहभागी गौरी मण्डलले जनमेललाई बताए ।
बैठकले फागुन २१ को चुनाव बहिष्कारको घोषणासहित ‘जनसंविधानका लागि जनसंघर्ष’ भन्ने नारा अघि सार्दै ३ महिनासम्म जनतामुखी सेवामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, देशभर फैलिएको मिटरब्याजी तथा वित्तीय शोषणविरुद्ध आन्दोलन चर्काउने निर्णयसमेत बैठकबाट पारित गरिएको छ । यी गतिविधिहरू जन–अधिकार संरक्षण तथा राजनीतिक परिवर्तनका लागि आवश्यक अभियानको रूपमा अघि बढाइने पार्टीले जनाएको छ ।

प्रतिक्रिया