News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कम्युनिस्ट युवा संगठन नेपाल ७ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने

कञ्चनपुर । नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल ७ नं. ब्यूरोको बैठक धनगढीमा सम्पन्न भएको छ । बैठक ब्युरो इन्चार्ज दिपेन्द्र सिंह ऐरीको अध्यक्षता र संगठनका केन्द्रीय संयोजक झलक विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बैठकमा पार्टीका ७ नं. ब्यूरो इन्चार्ज प्रतिकको विशेष उपस्थित रहेको थियो । बैठकमा संगठनका सुप–प्रदेश इन्चार्ज दिपेन्द्र सिंह ऐरीले तीन महिना अघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि भ्रष्टाचार नघटेको भन्दै त्यसविरुद्ध सशक्त संघर्षको आवश्यकता रहेको टिप्पणी गरे । उनले भ्रष्टाचारविरुद्ध निरन्तर दबाब आन्दोलन सञ्चालन गर्न संगठन तयार रहेको चेतावनी दिए ।
बैठकमा बोल्दै पार्टी तथा संगठनका नेताहरूले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली भूमिका निर्वाह गर्न संगठनका सबै तहका संरचनालाई निर्देशन दिएका थिए । बैठकले प्रदेशभित्र संगठन सुदृढीकरण, आगामी कार्यक्रम तथा युवा परिचालनका विषयमा पनि विस्तृत छलफल गरेको वैठकमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया