
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
११नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
दाङ, घोराही । जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत सञ्चालन भइरहेको सिस्ने–सुस्ता अभियानको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नम्बर ब्यूरोले दाङको घोराहीमा अगुवा कार्यकर्ताहरूलाई लक्षित गरी राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ५ नम्बर ब्यूरो इन्चार्ज जित प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए भने विशेष अतिथिकारूपमा पार्टी सचिवालय सदस्य तिलक र रुकुम पश्चिम जिल्ला सेक्रेटरी सोम्पाल उपस्थित थिए । कार्यक्रमको अध्यक्षता पार्टी सेक्रेटरी सजकले गरेका थिए भने सहजीकरण प्रेमप्रशान्त बोहोराले गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्यूरो इन्चार्ज जितले हालको संसदीय व्यवस्थाप्रति जनतामा तीव्र वितृष्णा बढ्दै गएको उल्लेख गर्दै त्यसको विकल्पका रूपमा बैज्ञानिक समाजवादी राज्यसत्ता अपरिहार्य भएको बताए । जनसंविधान निर्माणका लागि पार्टीको कार्यदिशा र कार्यनीति जनस्तरसम्म पुर्याउन कार्यकर्ताहरूको भूमिका निर्णायक हुने उनको भनाइ थियो । उनले पार्टीको कार्यदिशा कार्यनीति कार्यान्वयन गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिए । साथै, मिटरब्याज पीडित, लघुवित्त पीडितलगायत उत्पीडित वर्गलाई एकताबद्ध गर्दै वर्गीय मुक्ति आन्दोलनमा जोड्न कार्यकर्ताहरूलाई आग्रह गरे । आगामी फागुन २१ गते हुने संसदीय चुनावले देशलाई निकास नदिने दाबी गर्दै उनले भने, “उही भ्रष्ट, दलाल र तस्कर प्रवृत्तिका नेताहरूलाई फेरि भोट दिनु भनेको भ्रष्टाचार गर, सुन तस्कर बन, सरकारी जग्गा बेच भन्ने सन्देश दिनु जस्तै हो ।” यस्ता नेता र वर्तमान व्यवस्थाबाट देशको निकास र विकास खोज्नु मूर्खता बाहेक केही नभएको भन्दै पार्टीले उक्त चुनाव सशक्त रूपमा बहिष्कार गर्ने घोषणा गरे । जितले हालको राजनीतिक संकट समाधानका लागि पार्टीको धारणा अनुसार स्वाधीन संयुक्त सरकारको आवश्यकता रहेको पनि स्पष्ट पारे ।
त्यस्तै, पार्टी सचिवालय सदस्य तिलकले भ्रष्टाचार र सुशासनको माग गर्दै उठाइएको जेन्जी आन्दोलन दिशाहीन भएको टिप्पणी गरे । उद्देश्य, कार्यक्रम र कार्यनीति बिना सञ्चालन गरिएका आन्दोलनले देशलाई निकास नदिई विध्वंस मात्र गर्ने उनको भनाइ थियो । उनले भने, “जनयुद्धका दस वर्षमा माओवादीले नगरेको क्षति जेन्जी आन्दोलनले दुई दिनमै गर्यो, तर उपलब्धि के भयो ? देशले निकास पायो ? भ्रष्टाचारी, दलाल र तस्करहरू खुलेआम हिँडिरहेका छन्, सुशासन छैन, उही पुराना नेता र उही पुरानो व्यवस्था कायम छ ।” यस्ता आन्दोलनका कारण बालबालिकादेखि युवासम्मले अनाहक रगत बगाउनुपरेको भन्दै उनले गम्भीर समीक्षा आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी कार्यकर्ताहरूले वर्तमान राजनीतिक अवस्था, जनसंविधानको औचित्य र पार्टीको भावी कार्यदिशाबारे गहन छलफल भएको प्रतिक्रिया दिएका छन् ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया