
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
उदयपुर, कटारी । दलाल पूँजीवादी संसदीय सत्ताको विरुद्ध निर्णायक वैचारिक–राजनीतिक मोर्चा खोल्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) १ नं. ब्युरोले ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ को औपचारिक उद्घाटन गरेको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–स्थित गोलपार्कमा आयोजित सभाबाट अभियानको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. ब्युरो इन्चार्ज धमिलले वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्था साम्राज्यवादको सेवक बनेर जनतामाथि उत्पीडन, शोषण, विकृति र विसंगति थोपरिरहेको आरोप लगाए । उनले यही व्यवस्थाका कारण देश गहिरो राजनीतिक, आर्थिक र सामाजिक संकटमा फसेको उल्लेख गर्दै यसको समूल ध्वंस नगरी जनताको सत्ता स्थापना सम्भव नहुने स्पष्ट पारे । धमिलले पछिल्लो समय देखिएको जेन–जी विद्रोहका सन्दर्भमा युवाहरूले उठाएका प्रश्न र असन्तोष सही भए पनि त्यसलाई साम्राज्यवादी तथा प्रतिगामी शक्तिहरूले अपहरण गरी जनविरोधी दिशातर्फ मोडिरहेको बताए । उनले युवाहरूलाई भ्रम र भड्कावबाट मुक्त हुँदै क्रान्तिकारी वैकल्पिक राजनीतिक धारमा संगठित हुन आह्वान गरे । उनले सरकारले घोषणा गरेको फागुन २१ को संसदीय निर्वाचनप्रति लक्षित गर्दै यस्तो निर्वाचनले देशका समस्याको समाधान नगर्ने, बरु गरिबी र परनिर्भरताको संकट थप गहिरो बनाउने खतरा रहेको चेतावनी दिए । साम्राज्यवादको निर्देशनमा हुन लागेको भन्दै उनले उक्त चुनाव खारेज मात्र होइन, ध्वस्त गरिने घोषणा गरे ।
त्यसैगरी, पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरेशले आजको ऐतिहासिक आवश्यकता जनसंविधान भएको स्पष्ट पारे । दलाल संसदीय व्यवस्थाले उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र राष्ट्रिय स्वाधीनताका सवालमा जनताको अधिकार सुनिश्चित गर्न पूर्ण रूपमा असफल भएको उनको भनाइ थियो । उनले यसको निकास संगठित जनसंघर्षबाट मात्र सम्भव हुने धारणा राखे । नरेशले देशभर फैलिएको मिटरब्याजी तथा वित्तीय शोषणविरुद्ध सशक्त आन्दोलन चर्काइने घोषणा गर्दै जनसंविधानका लागि जनसंघर्षको वैचारिक आधार प्रस्तुत गरे । उनका अनुसार दलाल पूँजीवादी सत्ताको अन्त्य गर्दै जनताको सत्ता स्थापना, राष्ट्रियता–जनतन्त्र–जनजीविकाका समस्या समाधान, जननिर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, निःशुल्क स्वास्थ्य सेवा, राष्ट्रिय उद्योग सञ्चालन, पर्याप्त रोजगारी सिर्जना, किसान–मजदुरको श्रमको उचित मूल्य, महिला तथा जाति–जनजातिका अधिकार सुनिश्चित गर्नु जनसंघर्षका प्रमुख उद्देश्य हुन् ।
उद्घाटन समारोहमा वक्ताहरूले अभियानलाई गाउँ–टोल, कारखाना–खेत तथा शिक्षालयसम्म विस्तार गर्दै श्रमिक, किसान, युवा र उत्पीडित समुदायलाई संगठित गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको उद्घोषण तथा सञ्चालन पार्टीका केन्द्रीय सदस्य अनुपमले गरेका थिए भने स्वागत मन्तव्य उदयपुर जिल्ला सचिव सुदिपले राखेका थिए । पार्टीका अनुसार जनसंविधानका लागि जनसंघर्ष अभियान १ नं. प्रदेशका १४ वटै जिल्लामा कोणसभा, जनभेटघाट र संगठन विस्तारका कार्यक्रममार्फत आगामी तीन महिनासम्म सञ्चालन गरिनेछ । कटारीबाट सुरु भएको यो अभियानले दलाल संसदीय सत्ताको अन्त्य र जनताको संविधान स्थापनाका लागि संघर्षलाई निर्णायक उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया