
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
रौतहट । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले सञ्चालन गरिरहेको तीनमहिने ‘जनसंविधानका लागि जनसंघर्ष’ नारासहितको अभियानअन्तर्गत २ नम्बर प्रदेशको रौतहट जिल्लाको पार्टी बैठक चपुरमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी जमदारले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा २ नम्बर ब्युरो इन्चार्ज शार्दुल र अतिथिका रूपमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज संकेत उपस्थित हुनुहुन्थ्यो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि शार्दुलले शिक्षा र स्वास्थ्य क्षेत्रको बढ्दो निजीकरणका कारण आम जनताको पहुँचबाट यी सेवा टाढा हुँदै गएको बताउनुभयो । उहाँले राज्य शिक्षा र स्वास्थ्यप्रतिको दायित्वबाट पन्छिएको आरोप लगाउँदै बेरोजगारीका कारण जनशक्ति पलायन भइरहेको, उद्योग–कलकारखाना निजीकरण हुँदै गएको र नयाँ उद्योग खोल्ने सरकारको कुनै स्पष्ट योजना नरहेको उल्लेख गर्नुभयो । युवा जनशक्ति पलायनका कारण उपजाउ कृषि भूमि बाँझो बन्दै गएको र देश तथा जनता क्रमश : कंगाल बन्दै गएको उहाँको भनाइ थियो ।
भ्रष्टाचारले देश आक्रान्त बनेको भन्दै यसको मूल कारण दलाल संसदीय राजनीतिक प्रणाली रहेको शार्दुलले जिकिर गर्नुभयो। उहाँले वर्तमान प्रणाली कायम रहुन्जेल यस्ता समस्या यथावत् रहने चेतावनी दिनुभयो ।
उहाँले मुलुकमा विदेशी शक्तिका एजेन्टहरूद्वारा शासन सञ्चालन भइरहेको आरोप लगाउँदै सरकारले फागुन २१ गते गर्ने भनिएको निर्वाचनबाट जनताले भोगिरहेका समस्याको समाधान नहुने बताउनुभयो । उक्त निर्वाचन दलाल पूँजीवादी व्यवस्थालाई अझ सुदृढ गर्ने षड्यन्त्र भएको भन्दै यसले देशलाई बाह्य शक्तिले चलाउन सजिलो बनाउने दाबी गर्नुभयो । बैठकमा शार्दुलले वर्तमान व्यवस्थाको उन्मूलन गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्नु नै अहिलेको निकास भएको उल्लेख गर्दै त्यसका लागि जनआन्दोलनमा जुट्न आह्वान गर्नुभयो । बैठकले जनताको जनजीविकाको पक्षमा र भ्रष्टाचारको विरुद्ध सशक्त आन्दोलन सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया