
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
चितवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला समितिको आयोजनामा वर्तमान राजनीतिक परिस्थिति, जनसंविधान निर्माण र स्वाधीन संयुक्त सरकारको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला सेक्रेटरी ध्रुवको अध्यक्षतामा सम्पन्न भएको हो भने पार्टी सचिवालय सदस्य तथा ३ नम्बर ब्युरो इन्चार्ज बाबुराम गजमेर ‘आजाद’ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समिति सदस्य अन्निधर सापकोटाले गर्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला समिति सदस्य हरिदत्तले प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि गजमेरले जेनजी आन्दोलनपछिको अवस्थाले देशलाई अस्थिरता, अराजकता, आशंका र अन्योलतामा धकेलेको उल्लेख गर्दै राजनीतिक, आर्थिक तथा स्वाधीनताको गम्भीर संकट उत्पन्न भएको बताउनु भयो । उहाँले यस्तो परिस्थितिको सामना गर्न देशका प्रगतिशील, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एकताबद्ध भई वर्तमान चुनाबी सरकारको अन्त्य गर्दै स्वाधीन संयुक्त सरकार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले यथास्थितिमा कुनै पनि चुनावको औचित्य नरहेको बताउँदै चुनाव बहिष्कार गर्दै जनविद्रोहमार्फत समाजवादी गणतन्त्र स्थापना गर्नु नै वर्तमान संकटको विकल्प भएको धारणा राख्नु भयो । अन्तरक्रिया कार्यक्रममा बैज्ञानिक समाजवादी पार्टीका जिल्ला इन्चार्ज शतिसाल, जनवादी मोर्चाका संयोजक अशोक शर्मा तथा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज बद्रीनाथ अधिकारीले पनि क्रान्तिकारी र देशभक्त शक्तिहरू एकताबद्ध भई स्वाधीन संयुक्त सरकार गठन तथा जनसंविधान निर्माणको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमले वर्तमान राजनीतिक अवस्थाबारे साझा धारणा निर्माण गर्दै संघर्षलाई सशक्त बनाउने निष्कर्ष निकालेको आयोजकले जनाएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया