News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय

कलैया, बारा । ‘जनसंविधानका लागि जनसंघर्ष’ भन्ने नाराका साथ देशभर सञ्चालन भइरहेको अभियान अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बारा जिल्लाको बैठक आज कलैयामा सम्पन्न भएको छ । जिल्ला सचिवले अध्यक्षता गर्नुभएको बैठकका प्रमुख अतिथि तथा पार्टीको २ नम्बर ब्यूरो इन्चार्ज शार्दुलले वर्तमान नेपाली समाजमा बढ्दै गएको अराजकता, बेथिति र दण्डहीनताको मुख्य कारक दलाल राज्य व्यवस्था रहेको बताउनुभयो । उहाँले राज्य कहिल्यै पनि श्रमिक वर्गको पक्षमा नरहेको उल्लेख गर्दै दलाल पुँजीवादी व्यवस्था कायम रहँदा शोषण र उत्पीडन अन्त्य नहुने स्पष्ट गर्नुभयो । शार्दुलले विशेषगरी मधेसी, जनजाति तथा महिलाहरू अधिकारविहीन र उत्पीडित हुनुको जड दलाल पुँजीवादी व्यवस्था नै रहेको बताउँदै यस व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न आन्दोलनमा सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकले जिल्लाको वस्तुस्थितिअनुसार जनसंघर्ष अभियानको योजना निर्माण गरेको छ । साथै जनतामाथि भइरहेका सबैखाले शोषण, अन्याय र दमनका विरुद्ध आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा जिल्ला इन्चार्ज विजयले पनि आफ्ना धारणा राख्दै जनसंविधान र जनताको अधिकारका लागि संघर्षलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया