
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को दुई महिने अभियानअन्तर्गत आज पर्सा जिल्ला समितिको बैठक वीरगञ्जमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला सेक्रेटरी शेरबहादुरले गरेका थिए । बैठकका प्रमुख अतिथि पार्टीको ब्युरो इन्चार्ज शार्दुलले वर्तमान संसदीय व्यवस्थाभित्र रहेका तथाकथित कम्युनिस्टहरू जनविरोधी भएको आरोप लगाए । उनले प्रचण्ड र माधव नेपालले ‘सबै कम्युनिस्ट एक होऔँ’ भन्ने नारा लगाएर भ्रम फैलाइरहेको भन्दै उनीहरू वास्तविक कम्युनिस्ट नभई संसदीय व्यवस्था र दलाल पुँजीवादका रक्षक भएको दाबी गरे ।
उनले कम्युनिस्टको नाममा हालसम्म ६ जना प्रधानमन्त्री बने पनि देश र श्रमिक जनताको पक्षमा कुनै उल्लेखनीय काम नगरेको बताए । “उनीहरूले दलाल पुँजीवादको रक्षा गरे र आफ्नै निजी जीवन सुदृढ बनाए,” उनले भने । शार्दुलले अहिले देशमा बेरोजगारी, युवा पलायन, महँगी, भ्रष्टाचार र वित्तीय शोषण चरम सीमामा पुगेको उल्लेख गर्दै सामान्य जनता बिरामी पर्दा औषधि किन्न नसक्ने र गरिब वर्ग आफ्ना सन्तानलाई पढाउन नसक्ने अवस्थामा पुगेको बताए । यस्तो परिस्थितिका सिर्जनाकर्ता संसदीय कम्युनिस्टहरू नै भएको उनको आरोप थियो ।
उनले यी सबै समस्याको समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना र नयाँ जनसंविधान आवश्यक रहेको भन्दै जनसंविधान निर्माणको आन्दोलनमा एकजुट भएर लाग्न आह्वान गरे ।
बैठकमा जिल्ला इन्चार्ज विजयले पनि धारणा राख्दै वर्तमान संविधान भदौ आन्दोलनबाट खारेज भइसकेको दाबी गर्दै जनसंविधान निर्माणको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरे । बैठकले जिल्लाभित्र गरिब किसान, सुकुम्बासीहरूले भोग्दै आएका समस्याको समाधानका लागि आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया