
१ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
२नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
३नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
४जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
५विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
६एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
७नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
८कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
९बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१०मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
११नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
बाँके । ज्यूँदै शिशुलाई मृत घोषणा गरेको गम्भीर घटनालाई लिएर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँकेले भेरी अस्पताल प्रशासनविरुद्ध कडा आपत्ति जनाउँदै चेतावनी दिएको छ। पार्टीले अस्पताल गेट अगाडि विरोध कार्यक्रम आयोजना गरी चरम लापरवाहीको निन्दा गरेको हो । जिल्ला सेक्रेटरी तिलकले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत) बाँकेका इञ्चार्ज शक्तिले भेरी अस्पताल प्रशासनले गरीब जनताका छोराछोरीप्रति गम्भीर गैरजिम्मेवारी देखाएको आरोप लगाए । उनले उचित उपचार गर्नुको सट्टा ज्यूँदै शिशुलाई मृत घोषणा गर्नु अमानवीय र आपराधिक लापरवाही भएको बताए। यस्ता घटनाहरू समयमै सुधार नगरे पार्टीले जनताको जीवन रक्षाका लागि अस्पताल प्रशासनविरुद्ध गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी पनि उनले दिए ।
घटनाअनुसार जाजरकोट छेडागाड नगरपालिका–९ की २० वर्षीया कमला अधिकारी सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएकी थिइन्। उनले सामान्यरूपमा शिशु जन्माए पनि प्रसूति कक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पारेर पोलोथिनमा राखी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएका थिए ।अस्पतालले मृत घोषणा गरेको शिशुलाई अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा बीच बाटोमै शिशु चल्मलाएको परिवारले जनाएको छ । त्यसपछि तत्कालै शिशुलाई पुनः अस्पताल ल्याइएको थियो । घटनाबारे जानकारी दिँदै परिवारले भने, “ज्यूँदो बच्चालाई मृत घोषणा गर्दै अस्पतालले गाड्न पठायो । यो अस्पतालको चरम लापरवाही हो, दोषीमाथि कडा कारबाही हुनुपर्छ ।” घटनापछि भेरी अस्पतालको सेवा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ भने दोषी कर्मचारीमाथि छानबिन र कारबाहीको माग व्यापक रूपमा उठ्न थालेको छ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया