
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
११नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
बाँके । ज्यूँदै शिशुलाई मृत घोषणा गरेको गम्भीर घटनालाई लिएर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँकेले भेरी अस्पताल प्रशासनविरुद्ध कडा आपत्ति जनाउँदै चेतावनी दिएको छ। पार्टीले अस्पताल गेट अगाडि विरोध कार्यक्रम आयोजना गरी चरम लापरवाहीको निन्दा गरेको हो । जिल्ला सेक्रेटरी तिलकले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत) बाँकेका इञ्चार्ज शक्तिले भेरी अस्पताल प्रशासनले गरीब जनताका छोराछोरीप्रति गम्भीर गैरजिम्मेवारी देखाएको आरोप लगाए । उनले उचित उपचार गर्नुको सट्टा ज्यूँदै शिशुलाई मृत घोषणा गर्नु अमानवीय र आपराधिक लापरवाही भएको बताए। यस्ता घटनाहरू समयमै सुधार नगरे पार्टीले जनताको जीवन रक्षाका लागि अस्पताल प्रशासनविरुद्ध गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी पनि उनले दिए ।
घटनाअनुसार जाजरकोट छेडागाड नगरपालिका–९ की २० वर्षीया कमला अधिकारी सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएकी थिइन्। उनले सामान्यरूपमा शिशु जन्माए पनि प्रसूति कक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पारेर पोलोथिनमा राखी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएका थिए ।अस्पतालले मृत घोषणा गरेको शिशुलाई अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा बीच बाटोमै शिशु चल्मलाएको परिवारले जनाएको छ । त्यसपछि तत्कालै शिशुलाई पुनः अस्पताल ल्याइएको थियो । घटनाबारे जानकारी दिँदै परिवारले भने, “ज्यूँदो बच्चालाई मृत घोषणा गर्दै अस्पतालले गाड्न पठायो । यो अस्पतालको चरम लापरवाही हो, दोषीमाथि कडा कारबाही हुनुपर्छ ।” घटनापछि भेरी अस्पतालको सेवा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ भने दोषी कर्मचारीमाथि छानबिन र कारबाहीको माग व्यापक रूपमा उठ्न थालेको छ ।


१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया