
१अवैध लेनदेन र जग्गा हिनामिनाको आरोपमा नेकपा (बहुमत) सिरहाद्वारा सांकेतिक कारबाही
२पर्सामा भारतीय सुरक्षाकर्मीको बर्दीसहित प्रवेश, प्रशासन अनविज्ञ
३CTEVT सुधारका लागि नौबुँदे माग, नर्सिङ कार्यक्रम तत्काल सञ्चालन गर्न अखिल (क्रान्तिकारी) को दबाब
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
६नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
७जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
८विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
९एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
१०नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
११कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (CTEVT) भित्र देखिएको प्रशासनिक अकर्मण्यता, निर्णयहीनता र आर्थिक अपारदर्शिताले प्राविधिक शिक्षाक्षेत्र गम्भीर संकटमा परेको भन्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले परिषद् सुधारका लागि शिक्षा मन्त्री महावीर पुनलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । संगठनले चालु शैक्षिक वर्षमा दशौँ हजार विद्यार्थीले आवेदन दिएको अवस्थामा पनि CTEVT अन्तर्गतका अधिकांश शिक्षालयमा नर्सिङसहित स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुन नसक्नु राज्यको प्राविधिक तथा स्वास्थ्य शिक्षा विस्तार गर्ने नीतिविपरीत भएको ठहर गरेको छ । परिषद्कै स्वीकृति हुँदाहुँदै पनि सदस्य सचिवको अकर्मण्यताका कारण आङ्गिक शिक्षालयमा कार्यक्रम ठप्प भएको संगठनको आरोप छ । ध्यानाकर्षणपत्रमा आङ्गिक शिक्षालयमा नर्सिङ तथा अन्य स्वास्थ्य कार्यक्रम तत्काल सञ्चालन गर्न, प्रयोगात्मक अभ्यासका लागि संघीय तथा प्रदेश सरकार मातहतका १०० शैयाभन्दा माथिका सरकारी अस्पताल प्रयोग गर्न मन्त्रिपरिषद् स्तरको निर्णय गर्न माग गरिएको छ ।
यसैगरी निजी साझेदारी तथा प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेका शिक्षालयलाई गैरकानुनी रूपमा सम्बन्धन दिएको विषयमा गठित कार्यदलको प्रतिवेदन खारेज गरी निष्पक्ष छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न संगठनले माग गरेको छ । CTEVT का पदाधिकारी नियुक्ति गर्दा पेश गरिएका व्यावसायिक योजनाअनुसार कार्यसम्पादन भए–नभएको सार्वजनिक परीक्षण गर्नुपर्ने र असफल देखिए सम्बन्धित पदाधिकारीलाई बर्खास्त गरी योग्य तथा सक्षम व्यक्ति नियुक्त गर्नुपर्ने माग पनि ध्यानाकर्षणपत्रमा समेटिएको छ । परिषद् कार्यालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूको नियमअनुसार सरुवा गर्न, मनोमानी जिम्मेवारी वितरण अन्त्य गर्न र सुशासन कायम गर्न संगठनले जोड दिएको छ । साथै परिषद्भित्र देखिएको आर्थिक अपारदर्शिता अन्त्य गर्न CGAS तथा PAMS प्रणाली तत्काल कार्यान्वयन गर्न, स्तर निर्धारण तथा सम्बन्धन प्रक्रियामा हुने आर्थिक चलखेलबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ ।
संगठनले परिषद्का महाशाखा तथा कार्यालयहरूबाट सम्पादन गरिएका कार्य विवरण सार्वजनिक गर्नुपर्ने माग पनि अघि सारेको छ । प्रदेश संयोजक पारस राहादी मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मागहरू तत्काल सम्बोधन नभए CTEVT सुधारका लागि आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिइएको छ । प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव डिबी शाहीको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाइएको कार्यक्रममा प्रदेश संयोजक पारस राहादी मगर, CTEVT अध्यक्ष सुरेश नेपाली तथा प्रकाश केसी सहभागी थिए ।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया