
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
कास्की । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ४ नं. ब्युरोले पर्यटकीय क्षेत्र फेवातालमा सरसफाई गरेर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु गरेको छ । आज उद्घाटन गरिएको कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा ४ नं.ब्युरो इन्चार्ज संगमले उक्त अभियानको नेतृत्व गर्दै जनताको अधिकार, जनतासँगको सम्बन्ध विस्तार तथा संगठन निर्माण नै अभियानको मुख्य लक्ष्य रहेको बताए । साथै उनले “यस संविधानले नेपाली जनताको रक्षा गर्न सकेन, त्यसैले अब जनसंविधानका लागि सबै तयार हुनुपर्छ ।” देशको वर्तमान राजनीतिक संकट समाधान गर्न स्वाधीन सरकार निर्माण नै विकल्प भएको उनको भनाइ थियो ।
साथै कास्की जिल्ला इन्चार्ज सुजनले “यो व्यवस्था दलालहरूद्वारा सञ्चालन हुँदै आएको हुँदा अहिले हुने निर्वाचनको पूर्णरूपमा बहिष्कार गर्नुपर्ने“ आवश्यकता पार्टीले महसुस गरेको र विद्यमान संविधान जनताको हितमा निर्माण हुन नसकेको भन्दै यसलाई “दलाल र माफियाहरूको संविधान” को रूपमा व्याख्या गरे । साथै उनले कास्कीको पोखरा बाट शुरु गरिएको यो अभियान गण्डकी प्रदेशका सबै जिल्लाहरुमा चलाउने गरि सोचिएकोे बताए ।
प्रतिक्रिया