
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारे
बझाङ । कम्युनिस्ट युवा संगठन नेपाल बझाङको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कमरेड अनिलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । संगठनका ७ नम्बर ब्युरो इन्चार्ज दिपेन्द्र सिंह ऐरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा (बहुमत) का केन्द्रीय सदस्य प्रकाश रावल विशेष अतिथिका रूपमा उपस्थित थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि ऐरीले देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा रहेको उल्लेख गर्दै सबै युवाहरू एकताबद्ध भएर संघर्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
विशेष अतिथि रावलले देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न वैज्ञानिक समाजवादी क्रान्ति अपरिहार्य भएको बताए । भेलामा पार्टी जिल्ला सचिव भानु कार्की, संगठनका जिल्ला इन्चार्ज प्रकाश सिंह तथा जिल्ला सदस्य जनक जोसीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया