
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसले सर्मनाक हार व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा उनले महाधिवेशन टार्दै चुनावमा जानु पार्टीका लागि प्रत्युत्पादक हुने बताएका हुन् । संसद पुनर्स्थापनाको बाटो रोजेर महाधिवेशन ढिलो गर्नु उचित नहुने उल्लेख गर्दै पौडेलले रणनीतिक हिसाबले पनि महाधिवेशन अपरिहार्य रहेको बताए । “अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले सर्मनाक हार हुने स्थिति व्यहोर्छ,” उनले भने, “अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्छ ।” नेकपा एमालेले समेत महाधिवेशन सम्पन्न गरिसकेको सन्दर्भ उल्लेख गर्दै उनले कांग्रेसले अब ढिलाइ गर्नु लाजमर्दो हुने टिप्पणी गरे । “एउटा कम्युनिष्ट पार्टीले अधिवेशन गरिसक्यो, त्यसले सकारात्मक सन्देश दिएको छ,” पौडेलले भने, “अब कांग्रेसले पनि महाधिवेशन गर्नैपर्छ ।”
उनले महाधिवेशनमार्फत पार्टीलाई समयअनुकूल अद्यावधिक गर्न नसके देशलाई अगाडि बढाउन सक्छौँ भन्ने विश्वास जनतामा नजाग्ने स्पष्ट पारे । “हामी आफ्नै पार्टीलाई विधानअनुसार अगाडि बढाउन सक्दैनौँ भने देश चलाउँछौँ भन्ने कुरा कसरी पत्याइन्छ ?” भन्दै उनले प्रश्न गरे । महाधिवेशन नगरे पदप्रतिको लोभका कारण नेतृत्व परिवर्तन नचाहेको सन्देश जाने उनको भनाइ छ । “पार्टी निर्वाचनको मुखमा छ, अधिवेशन नगर्दा पार्टीमा चलायमानता आउँदैन,” पौडेलले थपे ।
प्रतिक्रिया