
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ३ नं. ब्युरोले काठमाडौँको शान्तिवाटिकाबाट ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ औपचारिक रूपमा सुरु गरेको छ । अभियान उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. ब्युरो इन्चार्ज आजादले वर्तमान संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको दाबी गर्दै अब जनसंविधानका लागि संगठित संघर्ष अपरिहार्य भएको बताए । उनले जनतासँगको सम्बन्ध विस्तार, संगठन निर्माण र जनअधिकारको रक्षा नै अभियानका मुख्य उद्देश्य रहेको स्पष्ट पारे । देशको विद्यमान राजनीतिक संकट समाधानका लागि स्वाधीन सरकार निर्माण नै विकल्प भएको उनको भनाइ थियो ।कार्यक्रम काठमाडौँ जिल्ला इन्चार्ज संघर्षको सञ्चालन र काभ्रे जिल्ला इन्चार्ज योजनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाह तथा भक्तपुर जिल्ला इन्चार्ज प्रतिमाले सम्बोधन गरेका थिए ।
वक्ताहरूले वर्तमान व्यवस्था दलाल र माफियाहरूको नियन्त्रणमा सञ्चालन भइरहेको आरोप लगाउँदै यस व्यवस्थाअन्तर्गत हुने निर्वाचनलाई पूर्णरूपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औंल्याए । उनीहरूले विद्यमान संविधान जनताको हितमा बन्न नसकेको भन्दै यसलाई ‘दलाल र माफियाहरूको संविधान’को संज्ञा दिए । शान्तिवाटिकाबाट सुरु भएको उक्त अभियान काठमाडौँ उपत्यका तथा आसपासका जिल्लाहरूमा निरन्तर सञ्चालन गरिने ललितपुर जिल्ला इन्चार्ज दिलले जानकारी दिए ।
प्रतिक्रिया