News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ३ नं. ब्युरोले काठमाडौँको शान्तिवाटिकाबाट ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ औपचारिक रूपमा सुरु गरेको छ । अभियान उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. ब्युरो इन्चार्ज आजादले वर्तमान संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको दाबी गर्दै अब जनसंविधानका लागि संगठित संघर्ष अपरिहार्य भएको बताए । उनले जनतासँगको सम्बन्ध विस्तार, संगठन निर्माण र जनअधिकारको रक्षा नै अभियानका मुख्य उद्देश्य रहेको स्पष्ट पारे । देशको विद्यमान राजनीतिक संकट समाधानका लागि स्वाधीन सरकार निर्माण नै विकल्प भएको उनको भनाइ थियो ।कार्यक्रम काठमाडौँ जिल्ला इन्चार्ज संघर्षको सञ्चालन र काभ्रे जिल्ला इन्चार्ज योजनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाह तथा भक्तपुर जिल्ला इन्चार्ज प्रतिमाले सम्बोधन गरेका थिए ।
वक्ताहरूले वर्तमान व्यवस्था दलाल र माफियाहरूको नियन्त्रणमा सञ्चालन भइरहेको आरोप लगाउँदै यस व्यवस्थाअन्तर्गत हुने निर्वाचनलाई पूर्णरूपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औंल्याए । उनीहरूले विद्यमान संविधान जनताको हितमा बन्न नसकेको भन्दै यसलाई ‘दलाल र माफियाहरूको संविधान’को संज्ञा दिए । शान्तिवाटिकाबाट सुरु भएको उक्त अभियान काठमाडौँ उपत्यका तथा आसपासका जिल्लाहरूमा निरन्तर सञ्चालन गरिने ललितपुर जिल्ला इन्चार्ज दिलले जानकारी दिए ।

प्रतिक्रिया

ट्रेन्डिङ