News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेकपा (बहुमत)द्धारा हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवाको निधनमा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कमरेड हेमन्त प्रकाश वली ‘सुदर्शन’का बुवा हर्क सिंह वलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । पार्टीको केन्द्रीय समितिद्वारा जारी वक्तव्यअनुसार हर्क सिंह वलीको उपचारका क्रममा २०८२ पुस १४ गते राति दुःखद निधन भएको हो । पार्टीले दिवंगत वलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोक वक्तव्यमा पार्टीले यो दुःखद घडीमा कमरेड हेमन्त प्रकाश बली ‘सुदर्शन’सहित सम्पूर्ण परिवारजनसँग एक्यवद्धता प्रकट समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ