
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
इस्लामाबाद । तोसाखाना–२ मुद्दामा अदालतले थप जेल सजाय सुनाएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेका छन् । साथै, उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने घोषणा पनि गरेका छन् । इमरान खानले खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सडक आन्दोलनका लागि तयारी गर्न सन्देश पठाएको बताएका छन् । ‘सम्पूर्ण राष्ट्रले आफ्नो अधिकारका लागि उठ्नुपर्छ,’ उनको भनाइ छ । अदालतको निर्णय आफूका लागि अचम्मको नभएको उल्लेख गर्दै खानले पछिल्ला तीन वर्षदेखि आफूविरुद्ध आधारहीन फैसला र सजायहरू दिइँदै आएको दाबी गरेका छन् । ‘तोसाखाना–२ को निर्णय पनि प्रमाणविना र कानुनी प्रक्रिया पूरा नगरी हतारमा गरिएको हो,’ उनले भने । साथै, अदालतले आफ्ना कानुनी टोलीको कुरा नसुनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । गत साता पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई राज्य उपहारसम्बन्धी ठगी मुद्दामा थप जेल सजाय सुनाइएको थियो ।
सन् २०२१ मा साउदी अरेबियाको राज्य भ्रमणका क्रममा युवराज मोहम्मद बिन सलमानले बुसरा बिबीलाई दिएको विलासी गहना पाकिस्तानको तोसाखाना नियमविपरीत प्रयोग गरिएको आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । इमरान खान र बुसरा बिबी यसअघि नै विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका थिए । पछिल्लो फैसलाअनुसार विश्वासको आपराधिक उल्लंघन गरेको अभियोगमा उनीहरूलाई थप १७ वर्ष कैद सजाय सुनाइएको छ, जुन अघिल्लो सजायसँगै लागू हुने बताइएको छ । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आएका छन् । क्रिकेट स्टारबाट राजनीतिज्ञ बनेका इमरान खान अगस्ट २०२३ देखि हिरासतमा छन् । जनवरीमा उनलाई अर्को भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको थियो । हाल उनीमाथि राज्यका गोप्य सूचना चुहावटदेखि राज्य उपहार बिक्रीसम्मका १०० भन्दा बढी मुद्दा दर्ता छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया