News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रवास राजनीति समाचार

पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न

भारत/प्रवास । प्रगतिशील नेपाली जन समाज समिति केन्द्रीय समितिअन्तर्गत पंजाब–हरियाणा–राजस्थान संयुक्त राज्यको राज्य भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त भेला राज्य संयोजक दीपक थापाको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा जन समाजका केन्द्रीय संयोजक दीपक तिरुवा, केन्द्रीय सल्लाहकार गोविन्द पाण्डे तथा केन्द्रीय कार्यालय सदस्य अशोक शर्माको विशेष उपस्थिति रहेको थियो । भेलाले १५ सदस्यीय संयुक्त राज्य समिति चयन गरेको छ । नवगठित समितिमा दीपक थापा संयोजक चयन भएका छन् । सदस्यहरूमा शान्ता बस्नेत, तुलसी पुन, कुलवीर विक, बाबुराम विक, सेरबहादुर ओड, विष्णु भट्ट, सुरेश परियार, कमला गुरुङ, विनबहादुर, कृष्ण बुढाथोकी, गंगा ओली, सिमा रुचाल, बुद्ध विक र पुणवीर महरा रहेका छन् । भेलालाई सम्बोधन गर्दै केन्द्रीय संयोजक दीपक तिरुवाले नवगठित समितिलाई शुभकामना व्यक्त गर्दै भारत प्रवासमा अस्थायी वा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूको समानता र हक–हितका लागि लड्ने एक मात्र संगठन प्रगतिशील नेपाली जन समाज समिति भएको बताए । उनले स्वदेशमै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्न सशक्त संघर्ष आवश्यक रहेकोमा जोड दिए ।
त्यसैगरी केन्द्रीय सल्लाहकार गोविन्द पाण्डेले नेपालका वर्तमान राजनीतिक परिस्थिति र जेन–जी विद्रोहका विषयमा स्पष्ट पार्दै भारत प्रवासमा रहेका सम्पूर्ण नेपाली जनताको मुक्ति वैज्ञानिक समाजवादी क्रान्तिमार्फत मात्र सम्भव हुने धारणा व्यक्त गरे। उनले सबैलाई क्रान्तिको पक्षमा उभिन आग्रह गरे । केन्द्रीय कार्यालय सदस्य अशोक शर्माले प्रगतिशील नेपाली जन समाज समिति भारत प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूको वास्तविक प्रतिनिधि संगठन भएको उल्लेख गर्दै संगठन विस्तारमा जोड दिनुपर्ने बताए र नवगठित समितिलाई शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

ट्रेन्डिङ