News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार राजनीति विशेष न्यूज समाचार

नेकपा (बहुमत) को बन्द सत्र शुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बन्द सत्र कृतिपुरमा शुरु भएको छ । शनिबार काठमाडौँको किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको स्मृति हलमा ९ औँ महाधिवेशनको बन्द सत्र शुरू भएको हो ।

बन्द सत्रमा दीर्घराज पाण्डेको अध्यक्षतामा इश्वरी दाहाल, सरला रेग्मी, डम्बर विश्वकर्मा र वैजनाथ माझी रहनेगरी अध्यक्ष मण्डल गठन गरिएको छ । उक्त बन्द सत्रलाई अध्यक्ष दीर्घराज पाण्डेले सञ्चालन गरिरहेका छन् ।

बन्द सत्रमा पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले राजनीतिक प्रतिवेदन तथा विधान प्रस्तुत गरेका छन् । महासचिव कञ्चनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा विधानमाथि ग्रुप विभाजन गरि भोलिदेखि छलफल शुरु हुने जनाइएको छ ।

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार दिउसो १ बजे भव्य रुपमा उद्घाटन भएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९औँ महाधिवेशन माघ १० गतेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया