
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बन्द सत्र कृतिपुरमा शुरु भएको छ । शनिबार काठमाडौँको किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको स्मृति हलमा ९ औँ महाधिवेशनको बन्द सत्र शुरू भएको हो ।
बन्द सत्रमा दीर्घराज पाण्डेको अध्यक्षतामा इश्वरी दाहाल, सरला रेग्मी, डम्बर विश्वकर्मा र वैजनाथ माझी रहनेगरी अध्यक्ष मण्डल गठन गरिएको छ । उक्त बन्द सत्रलाई अध्यक्ष दीर्घराज पाण्डेले सञ्चालन गरिरहेका छन् ।

बन्द सत्रमा पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले राजनीतिक प्रतिवेदन तथा विधान प्रस्तुत गरेका छन् । महासचिव कञ्चनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा विधानमाथि ग्रुप विभाजन गरि भोलिदेखि छलफल शुरु हुने जनाइएको छ ।
काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार दिउसो १ बजे भव्य रुपमा उद्घाटन भएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९औँ महाधिवेशन माघ १० गतेसम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया