
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
रूकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ५ नम्बर ब्यूरोले जनसंविधानका लागि जनसंघर्ष कार्यक्रम अन्तर्गत सञ्चालन गरिरहेको सिस्ने–सुस्ता अभियान लाई रूकुम पश्चिममा तीव्र बनाएको छ । अभियानका क्रममा जिल्लाका विभिन्न स्थानीय तह तथा बजार क्षेत्रमा व्यापक प्रचारप्रसार र जनसम्पर्क कार्यक्रम सञ्चालन भइरहेको छ । पार्टीका जिल्ला सेक्रेटरी सोम्पालको नेतृत्वमा खटिएको टोलीले बजार क्षेत्र, चोकचोक तथा सार्वजनिक स्थानहरूमा वाल लेखन र जनसम्पर्क अभियान सञ्चालन गरेको हो। सो क्रममा “आगामी फागुन २१ को संसदीय चुनाव बहिष्कार गरौँ”, “स्वाधीन संयुक्त सरकार गठन गर”, “वैज्ञानिक समाजवाद—जिन्दावाद”, “नेकपा (बहुमत)—जिन्दावाद”, “भ्रष्टाचारीलाई कारबाही गर”, “मिटरब्याजीलाई कारबाही गर”, “दलाल संसदीय व्यवस्था अन्त्य गरौँ” लगायतका नाराहरू लेखिएका छन् ।
अभियानका क्रममा पार्टी नेताहरूले वर्तमान संसदीय व्यवस्था जनताको आधारभूत समस्या समाधान गर्न असफल भएको दाबी गरेका छन्। उनीहरूले भ्रष्टाचार, मिटरब्याजी, शैक्षिक माफिया तथा अन्य जनविरोधी तत्वहरूविरुद्ध कडा कारबाही आवश्यक रहेको बताउँदै संघर्षलाई निरन्तर अगाडि बढाइने स्पष्ट पारे । पार्टीको भनाइमा वर्तमान व्यवस्थाले श्रमिक, किसान, उत्पीडित तथा सीमान्तकृत समुदायका हितलाई बेवास्ता गरेको छ। जनताको प्रत्यक्ष सहभागिताबाट जनसंविधान निर्माण गर्ने लक्ष्यका साथ आन्दोलनलाई थप सशक्त बनाइने पनि पार्टीले जनाएको छ । नेकपा (बहुमत) का अनुसार सिस्ने–सुस्ता अभियान अन्तर्गत आगामी दिनहरूमा जिल्लाभर व्यापक जनसम्पर्क, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
प्रतिक्रिया