News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कम्युनिस्ट युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा अनमोल ठकुरी

कैलाली, पुस १७ । कम्युनिस्ट युवा संगठन नेपाल कञ्चनपुरको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले अनमोल ठकुरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । संगठनका पश्चिम कमाण्ड इन्चार्ज दिपेन्द्र सिंह ऐरीकोे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा (बहुमत) का ७ नम्बर ब्युरो इन्चार्ज प्रतिकको बिशेष उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख ऐरीले देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा रहेको उल्लेख गर्दै सबै युवाहरू एकताबद्ध भएर संघर्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
विशेष अतिथि प्रतिकले देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न वैज्ञानिक समाजवादी क्रान्ति अपरिहार्य भएको बताए । भेलामा कन्चनपुर जिल्ला पार्टी ईन्चार्ज राम भट्ट, पार्टी सल्लाहकार समिति सदस्य डम्बर बिष्ट, पार्टी जिल्ला सचिव नक्साल बिस्ट, कार्यालय सचिव सुरेन्द्र धानुक, पुस्कर भण्डारी र युवा संगठनका जिल्ला ईन्चार्ज दिपक पाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ