
१महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
२जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
३जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
४यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
५जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
६दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
७कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
८साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
९कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
१०नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
११जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१२डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई नेकपा(बहुमत) निकट युवा संगठनद्वारा कार्यकक्षमै कालोमोसो
१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
६कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
७शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
८जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
९फेवातालमा सरसफाई सँगै नेकपा (बहुमत) ४ नं. ब्येरोले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१०पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
११नेकपा (बहुमत) चितवनले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
केन्द्रीय ट्रेड युनियनहरू (CTUs) तथा विभिन्न क्षेत्रगत महासंघ/संघसंस्थाहरूको संयुक्त मञ्चले मोदी सरकारद्वारा लागू गरिएका कठोर श्रम संहिता (Labour Codes) र श्रमिक अधिकार, जीविकोपार्जन तथा जनताको हक–अधिकारमाथि भइरहेको चौतर्फी आक्रमणको विरोधमा फेब्रुअरी १२, २०२६ मा अखिल भारतीय आम हड्तालको घोषणा गरेको छ। उक्त निर्णय डिसेम्बर २२, २०२५ मा हाइब्रिड माध्यमबाट सम्पन्न CTUs तथा क्षेत्रगत संगठनहरूको संयुक्त बैठकले गरेको हो । डिसेम्बर २३ मा जारी गरिएको प्रेस विज्ञप्तिमा CTUs ले आम हड्तालको मिति जनवरी ९, २०२६ मा नयाँदिल्लीस्थित HKS सुरजीत भवनमा आयोजना हुने राष्ट्रिय श्रमिक सम्मेलनबाट औपचारिक रूपमा अनुमोदन गरिने जनाएको छ । सम्मेलनमा देशव्यापी आम हड्तालको विस्तृत कार्ययोजना पनि अन्तिम रूप दिइनेछ । बैठकले संसदभित्र र बाहिर मोदी सरकारले निरन्तर र निर्लज्ज रूपमा गरिरहेका आक्रमणप्रति गहिरो पीडा व्यक्त गरेको छ । CTUs ले तथाकथित “सस्टेनेबल हार्नेसिङ एन्ड एड्भान्समेन्ट अफ न्युक्लियर एनर्जी फर ट्रान्सफर्मिङ इन्डिया (SHANTI) ऐन” पारित गरिएको कडा निन्दा गरेको छ । यस ऐनले परमाणु ऊर्जा क्षेत्रलाई निजी तथा विदेशी मुनाफाखोरहरूका लागि खोल्दै दुर्घटना वा विपत्तिका अवस्थामा आपूर्तिकर्तालाई दायित्वबाट मुक्त गर्ने व्यवस्था गरेको आरोप लगाइएको छ ।
त्यसैगरी, महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगारी ग्यारेन्टी ऐन (MGNREGA) लाई VB–GRAM G ले प्रतिस्थापन गर्नु ग्रामीण रोजगारीको अधिकारमा आधारित संरचनामाथिको प्रत्यक्ष आक्रमण भएको CTUs को ठहर छ । बीमा क्षेत्रमा १०० प्रतिशत वैदेशिक लगानी (FDI) अनुमति दिनु, विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५ प्रस्तुत गर्नु तथा प्रस्तावित ड्राफ्ट बीउ विधेयक र विद्युत (संशोधन) विधेयक, २०२५ लाई पनि तीव्र रूपमा आलोचना गरिएको छ । CTUs ले यस्ता जनविरोधी नीतिहरूविरुद्ध संघर्षरत सबै जनआन्दोलनहरूप्रति बलियो ऐक्यबद्धता व्यक्त गर्दै संयुक्त किसान मोर्चा (SKM) ले आम हड्ताललाई दिएको निःशर्त समर्थनको प्रशंसा गरेको छ । साथै, विद्युत कर्मचारी तथा इन्जिनियरहरूको राष्ट्रिय समन्वय समिति (NCCOEEE) ले पनि फेब्रुअरी १२ कै दिन पूर्ण शक्तिसहित क्षेत्रगत राष्ट्रिय हड्ताल गर्ने घोषणा गरेको छ । यसैबीच, SKM ले बीउ विधेयक, विद्युत (संशोधन) विधेयक, VB–GRAM G ऐन तथा अन्य जनविरोधी कदमहरूको विरोधमा जनवरी १६, २०२६ लाई गाउँ तथा ब्लक तहमा प्रतिरोध दिवसका रूपमा मनाउने निर्णय गरेको छ, जसमा ट्रेड युनियनहरूको पूर्ण सहभागिता रहनेछ ।

१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
प्रतिक्रिया