
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्ना केन्द्रीय सदस्य तथा दाङ जिल्ला सचिव कमरेड सजकलाई विनाकारण पक्राउ गरिएको भन्दै कडा आपत्ति जनाएको छ । पार्टी केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्य अनुसार जनसंविधानका लागि देशव्यापी जनसंघर्ष अभियान सञ्चालन भइरहेका बेला दाङ जिल्लाको बाँगलाचुली क्षेत्रमा अभियानका नारा लेख्ने क्रममा सजनलाई पुष १५ गते राज्य पक्षले पक्राउ गरेको बताईएको छ । वक्तव्यमा वर्तमान नेपालको राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पार्टीले देशको सार्वभौमिकता, स्वाधीनता, जनअधिकार तथा भ्रष्टाचारविरुद्ध निरन्तर संघर्षरत रहेको जनाएको छ । सरकार र सत्तापक्षबाट भइरहेको देशघाती तथा जनविरोधी क्रियाकलापविरुद्ध जनसंघर्ष अभियान सञ्चालन गरिरहेको अवस्थामा गरिएको यो गिरफ्तारीलाई गैरकानुनी र दमनकारी कदम भएको पार्टीको ठहर छ । पार्टीले गिरप्mतार नेता सजकलाई तत्काल बिनाशर्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ । साथै मागको बेवास्ता भएमा थप संघर्षका कार्यक्रम घोषणा गरी सशक्त प्रतिरोधमा उत्रिने चेतावनी पनि पार्टीले दिएको छ ।
प्रतिक्रिया