News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति विशेष न्यूज समाचार

६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा

काठमाडौँ । देशको वर्तमान संकटपूर्ण परिस्थितिको सन्दर्भमा छ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले संयुक्त रूपमा संघर्ष अघि बढाउने निर्णय गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालय कुपण्डोलमा बसेको संयुक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिअनुसार छ पार्टीको सहभागितामा संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरिएको छ । साथै, वर्तमान जनविरोधी, अलोकतान्त्रिक तथा कठपुतली सुशासन सरकारको खारेजी गर्दै स्वाधीन संयुक्त जन सरकार र जन संविधानका लागि संयुक्त संघर्ष अघि बढाइने जनाइएको छ । संयुक्त जन सरकार र जन संविधान सुनिश्चित नभएसम्म यथास्थितिमा हुने जनविरोधी निर्वाचनको बहिष्कार गर्न आम जनसमुदायलाई आह्वान गरिएको छ । त्यस्तै, सार्वभौम राष्ट्रिय स्वाधीनताको रक्षा तथा आगामी राष्ट्रिय निकासका लागि देशभरका लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई संयुक्त संघर्षको लहर सिर्जना गर्ने आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ । संयुक्त प्रेस विज्ञप्तिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति, नेकपा (जनपक्ष) का अध्यक्ष महेन्द्र मल्ल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल तथा समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह समरजंगको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ