
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
डडेल्धुरा । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि अस्पताल सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित गम्भीर अनियमितता तथा भ्रष्टाचारका आरोप लगाउँदै कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले उनकै कार्यकक्षमा गई कालोमोसो दलेको छ । डडेल्धुरा जिल्ला अध्यक्ष सहविरले हस्ताक्षर गरेको सार्वजनिक विज्ञप्तिमा अध्यक्ष ओझाले अस्पतालमा प्रयोग भइरहेका स्वास्थ्य उपकरणहरू जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा अघि बढ्दै लाखौँ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ । हाल प्रयोगमा रहेको ठूलो एक्स–रे मेसिन बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ । विज्ञप्तिमा जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्ति प्रयोग गर्नुपर्नेमा आर्थिक चलखेलका आधारमा कर्मचारी भर्ना गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप पनि लगाइएको छ । साथै, अस्पताल परिसरलाई मदिरा सेवन गर्ने थलो बनाइएको, अध्यक्ष पदमा तेस्रो कार्यकाल पूरा गर्न लाग्दासमेत अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगरेको तथा आफ्ना कमजोरी ढाकछोप गर्न सार्वजनिक सुनुवाइ नगरिएको उल्लेख छ ।
अस्पतालबाट माग हुने सेवा, मर्मत तथा निर्माणसम्बन्धी काममा आफ्ना आसेपासेलाई कोटेशन दिलाएर कमिसन खाने गरिएको, सेवा प्रवाह सुधार्नुको सट्टा अस्पताललाई कमाइ खाने भाँडो बनाइएको आरोप पनि विज्ञप्तिमा समेटिएको छ । त्यस्तै, अस्पतालमा स्थायी दरबन्दी खाली हुँदाहुँदै पनि स्थायी कर्मचारी नियुक्ति नगरी आर्थिक तथा राजनीतिक चलखेलका आधारमा करार तथा ज्यालादारी कर्मचारी भर्ना गरेर जनस्वास्थ्यसँग गम्भीर खेलबाड गरिएको संगठनको आरोप छ । सुदूरपश्चिमकै रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरबाही देखिएको भन्दै जनतालाई सास्ती दिइएको दाबी गरिएको छ । औषधि तथा उपकरण खरिद प्रक्रियामा गुणस्तरभन्दा कमिसनलाई प्राथमिकता दिइएको, महँगा उपकरण खरिद गरेर थन्क्याउने, सूचना लुकाउने, जवाफदेहिता कमजोर बनाउने र संस्थागत सुशासन बिगार्ने कार्यले अस्पतालको छवि खस्किएको संगठनको निष्कर्ष छ । कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष सहवीरले यस्ता गतिविधिको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया